महाराष्ट्रको एक गाऊँ जहाँ एक किशोरीको तीन पटक बिहे गराईयो र बलात्कार गर्दै डिभोर्स दिईयो

Jagaran Post २४ मंसिर २०७८, शुक्रबार ००:५३
Bijay Gyawali
          बिजय ज्ञवाली

 सरपन्चको फैसलाको बाहानामा किशोरीमाथी बारम्बार बलात्कार गर्ने यौटा कुरुप दृष्यको कथा

महाराष्ट्रको पनवेल नामक एक गाऊँ। ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्ने एक परिवार। परिवारमा दूईजना हुर्किएका छोरी।

जेठी छोरीले एक फल्याटमा काम गर्थिन भने कान्छिले पढ्दैथिईन। गाऊँ प्रहरी प्रशासनको सुरक्षाले भन्दा सरपन्चको हैकमको आधारमा चल्दथ्यो। सरपन्चको आदेश सबैभन्दा ठूलो आदेश हुन्थ्यो। र, सरपन्चका बिरुद्ध कसैले बोल्ने, उजुरी गर्नेसम्मको हिम्मत गर्दैनथे।

सरपन्चभित्र आफ्नै खानदानीबाहेक अन्य गोत्र र खानदानीमा छोरीलाई बिहे गरेर दिन सख्त मनाहि थियो। छोरी मान्छेले अन्य गोत्रका केटा या सरपन्चबाहिरका केटासंग बिहे त के प्रेम सम्बन्ध गाँस्न पनि पाईंदैनथ्यो।

सो परिवारकी जेठी छोरीले जुन फ्ल्याटमा काम गर्थिन त्यहाँ दिल्लीबाट मुम्बई पढ्न भनेर आएकी एक जुझारु एवं संघर्षशील अर्की एक युवती एक्लै बस्तथिन। उनीले कहिं कतै पनि महिला हिंसा या अन्याय भएको देखिसक्तैनथिन।

उनकोमा काम गर्न आऊने ती जेठी चाहिँ छोरीको अन्य कुनै एक केटासंग प्रेमसम्बन्ध कायम भैसकेको थियो। जुन केटा सरपन्चभित्रका थिएनन र फरक गोत्रका पनि थिए। सरपन्चले यो कुरा थाहा पायो। गाऊँमा सरपन्च बैठक बस्यो। बैठकले ती जेठी छोरीलाई सरपन्चभित्रका ३/३ जनासंग पालैपालो बिहे गर्ने, तिनैजनाले उनीसंग सुहागरात मनाएपछि डिभोर्स दिएर छोड्ने निर्णय सुनायो। जसको स्पष्ट नियत थियो ती कलिली केटिमाथी बारम्बार बलात्कार गर्नु।

सरपन्चको निर्णय सुनेर उनका बाऊआमा मात्रै होईन, उनीसहित उनकी बहिनी पनि छाँगाबाट खसेझैं भए। उनका बाऊले सरपन्चका सामुन्ने यस्तो निर्णय नगर्न लाख बिन्ति चढाए। सरपन्चका खुट्टा ढोगे। तर सरपन्चको निर्णय बदलिएन। ती हैवानजस्ता सरपन्चको मन कत्ति पनि पग्लिएन।

अन्तमा ती बाऊको अथक बिन्तिका माझ सरपन्चले गाऊँलेकै सामुन्ने छोरीको ३/३ पटक पालैपालो सरपन्चसंग बिहे नगरिदिने भए गाऊँमा भएको सम्पूर्ण खेत ती मूख्य सरपन्चको छोराको नामम गरिदिने भए मात्र फैसला बदलिन सक्ने उद्द्घोस जारी गरे।

छोरीका इज्जतका खातिर बाऊले आफ्नो सबै खेत सरपन्चको छोराको नाममा गरिदिन राजी भए।

घर आईपुगिसकेपछि पत्नीले आफ्नो पतीसंग किन यस्तो गरिस, अर्की छोरी पनि त हुर्केकी छ बिहे गरिदिनलाई। के को सम्पत्तिले बिहे गरिदिने हो भनेर सोधिन। बाऊले आफ्नो विवशता दर्शाए। तर, आमा चाहिंको मनमा अर्कै कुरा खेल्यो।

आमाले बरु खेत सरपन्चको नाममा नगरिदिने, छोरीको बिहे तिनैजना सरपन्चसंग पालैपालो गरिदिने अडान राखिन। आफ्नी पत्नीको यसप्रकारको दवावले उनका पत्नी बिबश भएर छोरीको बिहे तिनै तिनैजना सरपन्चसंग गरिदिन राजी भए।

सरपन्चको निर्णयअनुसार नै ती कलिली जेठी छोरीको बिहे पालैपालो तीनैजना सरपन्चसंग गाऊंलेकै उपस्थितिमा गराईयो। तीनैजना बुढा सरपन्चहरुले सुहागरातको नाममा ती कलिली बालिकालाई पालैपालो बलात्कार गरे अनि डिभोर्स गरेर छोडिदिए।

यतिमात्र होईन, जुन मूख्य सरपन्च थियो, उसले सुहागरात मनाऊँदै गर्दा उसको छोरो चाहिंले झ्यालबाट आफ्नो बाबुले सुहागरात मनाईरहेको भिडियो बनाईरहेको थियो। बाबुको पालोपछि उसले पनि ती युवतीको निर्मम बलात्कार गरेर छोडिदियो।

यतिमात्र होईन, यसभन्दा पनि अंघि यहिं सरपन्चले यौटि युवतीलाई गाऊँलेकै सामुन्ने नाङ्गै बनाएर, अनुहारमा कालोमोसो दलिदिएर गाऊँबाट लखेटेको थियो।

सरपन्चसंग बिहे गराईदिनुभन्दा पहिला ती युवती आफ्नो प्रेमिकासंग कतै देखिएकी थिईन। सरपन्चले उनको प्रेमीलाई मरणासन्न हुनेगरि कुटपिट गर्यो। गाऊँलेहरु कसैले रमिता हेर्दैथिए त कसैले भिडियो बनाईरहेका थिए।

अन्तत: कतैबाट उक्त भिडियो प्रहरीको हात लाग्यो। प्रहरीले अनुसन्धान गर्यो। अनुसन्धानका क्रममा सरपन्चले ती युवतीलाई बारमबार बिहे गराईंदिँदै बलात्कार गर्दै गरेको तथ्य पत्ता लगायो। प्रहरीले सबै सरपन्च र संदिग्धलाई पक्राऊ त गर्यो, तर घटनाले फेरि अर्कै मोड लियो।

यता गाऊँकै कुनै झाडीमा ती बारम्बार बलत्कृत लास मिल्यो। प्रहरी ती युवतीको हत्याराको खोजतलासमा थियो। खोजतलासकै क्रममा फेरि अर्की युवतीको लास प्रहरीलाई मिल्यो। जुन लास तिनै युवतीको थियो जो दिल्लीबाट मुम्बई पढ्न भनेर आएकी थिईन।

प्रहरी यी दुवैजना हत्याराको खोजीमा थियो, फेरि प्रहरीलाई फेरि अर्को भिडियो प्राप्त भयो। बारम्बार बलत्कृत युवतीका बाऊआमाथी ज्यान जानेगरि हमला भएको भिडियो प्रहरीसम्म पुग्यो।

प्रहरी उक्त भिडियो खिचिएको मोवाईलको खोजीमा लाग्यो। प्रहरीले जब उक्त भिडियो खिचिएको मोवाईलको बारेमा पत्ता लगायो त प्रहरी आफै तीनछक पर्यो।

जुन दम्पतीमाथी ज्यान जानेगरि हमला भएको थियो, उक्त भिडियो उनै दम्पतीमध्ये पतीको मोवाईलबाट खिचिएको थियो। प्रहरीले दुवैलाई हिरासतमा लियो र बयान लिन शुरु गर्यो।

बयानका क्रममा पत्ता लगायो कि आफ्नी छोरी र अर्की एक युवतीको हत्यामा सरपन्च नै संलग्न रहेको बनाऊन उनीहरुले आफैमाथी हमला गर्न लगाएर आफ्नै मोवाईलबाट भिडियो खिच्न लगाएका रहेछन र पछि अन्य मोवाईलबाट प्रहरीलाई पठाईएको रहेछ।

यतिमात्र होईन, ती बाऊले आफ्नो छोरीको मात्र होईन, अर्की ती युवतीको हत्या पनि आफैले गरेको स्विकारे।

छोरीको कारणले समाजमा मुख देखाऊन लायकको नभएको र छोरी पनि धेरै बदनाम भएकै कारण आफूले छोरीको गला दबाएर हत्या गरेको ती निर्दयी बाऊले प्रहरी बयानमा स्विकार गरेका छन।

सरपन्चको कुटाईबाट गम्भिर घाईते भई अस्पतालमा बेहोस अवस्थामा लडिरहेका आफ्नो प्रेमिकालाई भेट्न घरबाट सुटुक्क अटो चढेर अस्पताल गएकी छोरीको पिछा बाऊले घरबाटै गरेको थियो। जब छोरी अस्पतालको प्राङ्गणमा ओर्लिईन उनले आफ्नो पछाडीपट्टि आफ्नै बाऊलाई देखिन। बाऊलाई देखेर अताल्लिएकी छोरी आफ्नो प्रेमिकालाई नभेटिकनै सोहि अटोबाटै घरतर्फ के भागेकी थिईन, उनलाई पिछा गरेको उक्त निर्दयी बाऊले बिचबाटोमैं छोरीलाई ओरालेर गला घोंटेर हत्या गरिदियो।

यता, आफ्नी छोरी काम गर्न जाने फ्ल्याटमा बस्ने युवतीलाई पनि सोहि दिन गएर गला दबाएर हत्या गरिदियो। कारण आफ्नो छोरीले भोग्नुपरेको नियती र हत्याको बारेमा उनलाई थाहा नलागोस भनेर। किनकि यति थाहा पाएको भए उनले बबण्डर मच्चाऊने पक्का थियो।

छोरीमान्छे जहाँ पाईला पाईलामा अपमान, अत्याचार, असह्य पीडा र हण्डरै हण्डर खाएर जिऊनुपर्ने हुन्छ, त्यस्तो समाज भारतभर अझै पनि विद्यमान छन। बिश्वमहाशक्ति बन्ने होडमा दौडिरहेको भारतको भित्री तस्विर भने अझै पनि कयौं क्रूरतम, बिवस, अत्याचार, अपमान र कुरितिपूर्ण रहिआएको छ। जहाँ चेलीहरु अनायासै दिनहुँ हरेक समाज र परिवारबाट निमोठिईरहेका हुन्छन।

twitter.com @gyawaligulmi

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८