जुलियन असान्ज : किन मार्न चाहन्छ अमेरिका?

Jagaran Post २५ मंसिर २०७८, शनिबार ०१:५१

बिजय ज्ञवाली – बिश्वले प्रत्येक बर्षझैं १० डिसेम्बरका दिन विश्व मानवअधिअकार दिवस मनाइरहँदा यता बेलायतले भने हिजो सोमवार अर्थात १० डिसेम्वरकै दिन विकिलिक्सका संस्थापक जुलियन असान्ज लाई अमेरिका सुपुर्दगी गर्ने फैसला गरेको छ।

यद्यपि बेलायस्थित उच्च न्यायालयका न्यायाधीशले लामो समयदेखि जेलमा बसेर भौतिक एवं मानशिक यातनाका कारण उनको मानशिक स्वास्थ्य गम्भिर रहेका कारण उनलाई अमेरिका सुपुर्दगी गर्नुहुँदैन भन्नेमा फैसला गरेका थिए। असान्जको मानशिक स्वास्थ्य अवस्था एकदमै नाजुक रहेकाले अमेरिकाको जेलमा उनले आत्महत्या पनि गर्नसक्ने सम्भावना रहेकाले उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने भन्नेमा न्यायाधिशहरुको तर्क थियो।

यद्यपि बेलायतसंग जुलियन असान्ज सुपुर्दगी नहुन्जेल अमेरिकाले उनको खोजी कार्य जारी राख्ने पनि बताऊँदै आएको थियो।

विकिलिक्सका संस्थापक एवं खोज पत्रकारितामा छोंटो समयमैं अष्ट्रेलियामा मात्र नभएर बिश्वभर नै चर्चा कमाएका जुलियन असान्ज अस्ट्रेलियन प्रकाशक तथा पत्रकार हुन् ।

यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ। अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक ठहरिन्छन। किनकी उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रूपमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिएका थिए। यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन्।

अमेरिकी संस्थापन पक्ष असान्जले गलत पत्रकारिता गरेको भनेर भन्दै आईरहेको छ। अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवं विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने जुलियन असान्ज हिरो साबित भएका छन। उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लैले गरे भन्ने धारणा रहिआएको छ।

सन् २०१० का पछिल्ला महिना विश्वभरिका सञ्चारमाध्यममा सबैभन्दा धेरै चर्चामा आएको नाम हो, विकिलिक्स र त्यसका सञ्चालक जुलियन अन्साज। अमेरिकी सरकारका गोप्य एवं अति गोप्य भनिएका दस्तावेजहरू उनी प्रमुख रहेको विकिलिक्समा सार्वजनिक भएपछि अमेरिकी सरकार धेरै नै अताल्लिएको थियो। जसको त्यसको बचाउ गर्न तत्कालिन विदेश मन्त्री हिलारी क्लिन्टनले प्रमुख देशहरूको भ्रमण गर्नुपरेको थियो।

विकिलिक्समा अमेरिकासम्बन्धि अत्यन्तै गोप्य दस्तावेजहरु सार्वजनिक भैसकेपछि अमेरिकी सिनेटमा एकहप्तासम्न अन्साजविरुद्ध कस्तो कारबाही गर्न सकिन्छ भनेर छलफल समेत गर्नुपरेको थियो। कतिपय सिनेटले अन्साजलाई ओसामा विन लादेनजस्तै आतंकवादी घोषणा गर्नुपर्ने राय व्यक्त गरेका थिए भने कतिले उनलाई गोली ठोक्नुपर्ने मत राखेका थिए।

अन्साजले लगातार अति गोप्य दस्तावेज सार्वजनिक गरेपछि उनीविरुद्ध बलात्कारका दुईवटा अभियोगमा मुद्दा दायर गरियो। उनलाई स्वतन्त्र बाँच्न यति कठिन भयो कि उनले आफैंले बेलायती प्रहरीसमक्ष आत्मसमर्पण गरे। उनको साइटलाई अमेरिकी संस्थापन पक्षले धेरैपल्ट इन्टरनेट सञ्जालबाट हटाउने, उनको बैङ्क खाता बन्द गर्ने तथा विभिन्न किसिमका अप्ठयारोमा पार्न खोजे पनि उनका समर्थकहरूले ती सबै प्रयासलाई अवरुद्ध तुल्याएका छन्।

अहिले अन्साज टाइम म्यागजिनको सर्वेक्षणमा सबैभन्दा बढी मत पाउने व्यक्ति बनेका छन्। विकिलिक्सका लाखौं मिरर साइट खोलिनुले पनि उनी कति शक्तिशाली छन् भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि उनलाई टाइमले वर्ष व्यक्ति घाषणा गर्न सकेन। अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले अमेरिकालाई हानि हुने दस्तावेज प्रकाशित गरेकै कारण अन्साजलाई उक्त सूचीमा नराखिएको अनुमान गरिन्छ।

अस्ट्रेलियामा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन्। १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बने। कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो। जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्व इन्टरनेट सञ्जालमा बामे सर्दै थियो। उनी सधैं समयभन्दा दुई पाइला अघि रहे। उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ।

ट्रम्पकै पालामा मार्न चाहन्थ्यो अमेरिका

ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ।

प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो।

ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्ज को अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ।

प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो।

सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त कार्यलाई ‘सीआईएको इतिहासमै सबैभन्दा ठूलो तथ्याङ्कीय क्षति’ मानिएको थियो । बदलास्वरुप एजेन्सीका उच्च अधिकारीहरुले असान्जको अहपरण वा हत्यासम्बन्धी योजना तयार गर्न भनेको समाचारमा उल्लेख छ।

डेली मेलका अनुसार सीआईएका ३० जना पूर्वअधिकारीसँगको अन्तर्वार्तापछि याहु न्युजले तयार पारेको अनुसन्धानात्मक रिपोर्टमा उक्त दाबी गरिएको हो।

विकिलिक्सले ‘भल्ट-७’ को नाममा सरकारी डकुमेन्ट निरन्तर प्रकाशित गर्न थालेपछि सीआईएका पूर्वनिर्देशक माइक पोम्पिओले सन् २०१७ मा असान्जविरुद्धको अभियानलाई नेतृत्व गरेको रिपोर्टमा भनिएको छ।

अमेरिकी सरकारले असान्ज इक्वेडरको लण्डनस्थित दूतावासबाट भागेर रुस पुग्न सक्ने सुइको पाएपछि सोही वर्ष नै पोम्पिओको योजना तीव्र पारिएको थियो। यही भएर सीआईएले उनलाई रोक्ने विभिन्न परिदृश्यबारे सोचिरहेको पनि रिपोर्टमा उल्लेख छ।

एउटा प्रस्ताव/योजनामा यदि असान्जले लण्डनबाट भागेर रुस पुग्ने प्रयास गरे भने उनी चढ्ने जहाजको टायरमा गोली हानेर टायर फुटाइदिने उल्लेख थियो। त्यस्तै अन्य प्रस्तावमा जेम्स बोण्ड फिल्ममा झैं लण्डनको सडकमै गोली ठोक्ने वा उनी चढेको सवारी साधनमा अर्को कार ठोक्याउने लगायतका कार्य गर्ने उल्लेख थियो।
त्यस्तै अमेरिकी अधिकारीहरुले बेलायतमा रहेका आफ्ना सहयोगीलाई गोली हान्नका लागि अनुरोध गर्ने योजना समेत थियो। सीआईएका एकजना पूर्व अधिकारीले उक्त योजना अनुसार काम गर्न बेलायतीहरु राजी भएको कुरा याहु न्युजलाई बताएका थिए।

अमेरिकाको कानुन मन्त्रालयले बेलायतबाट असान्जलाई सुपुर्दगी गरेर मुद्दा चलाउनु पर्ने भन्दै छलफल गरिरहेका बेला सीआईएले उनको अपहरण वा हत्या गर्ने योजना बनाएको थियो।
अमेरिकी सरकार सन् २०१० मा पहिलो पटक विकिलिक्सप्रति रुष्ट बनेको थियो। विकिलिक्सले सीआईएको ह्याकिङ क्षमतासहित अमेरिकी सेना र खुफिया एजेन्सीद्वारा तयार पारिएका गोप्य रिपोर्ट एवम् डकुमेन्ट चुहाएपछि जुलियन असान्ज समेत अमेरिकीहरुको निशाना बन्न पुगेका हुन्।

त्यसपछि प्रतिक्रियास्वरुप सीआईएका अधिकारीहरुले उनीसँग बदला दिने योजना बुन्न थाले। ट्रम्पको पालामा माइक पोम्पिओको नेतृत्वमा उक्त योजनाले थप उचाइ लिएको थियो । तर असान्जको अपहरण वा हत्या गर्ने पोम्पिओको योजना सफल हुन भने पाएन।

स्मरणीय छ, सन् २०१२ मा असान्जलाई लण्डनस्थित इक्वेडरको दूताबासले राजनीतिक शरण दिएको थियो । तर सन् २०१९ मा इक्वेडरका अधिकारीसँग विवाद भएपछि उनलाई दिइएको शरण शरण फिर्ता गरियो। लगत्तै उनी पक्राउ परे र धरौटीसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग पुष्टि भएपछि ५० हप्ता काराबास सजाय सुनाइयो । सन् २०१९ को अप्रिलदेखि उनी बेलमार्श जेलमा राखिएको छ।

यद्यपि जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई यसभन्दा अघि नोभेम्बरसम्मलाई स्थगित गरिएको थियो। असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए

असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो । स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ । अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय या फाँसीको सजाय हुनेछ।

सुनुवाईको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुनेछ । यो सुनुवाई करिब तीन साताको थियो।

असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो । अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिएका थिए। यद्यपी विकिलिक्सका संस्थापक असान्जले अमेरिका विरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका छन्

अमेरिकी अभियोजनकर्ताहरूले असान्जले पूर्वअमेरिकी गुप्तचर विश्लेषक तथा मुखबिर (ह्विसलब्लोअर) चेल्सी म्यानिङसँग षड्यन्त्र रचेर गोप्य सूचना हासिल गरेको आरोप लगाएका छन् । अभियोजनकर्ताहरू ती सूचना र प्रमाणलाई असान्जले सार्वजनिक गरेर अमेरिकी सम्पत्तिलाई जोखिममा राखेको आरोप लगाइरहेका छन् । अमेरिकाले जुलियन असान्जलाई सख्तीसाथ कठोर जेलमा नराख्ने वा एकान्त काराबासमा राख्नेजस्ता यातना नदिने निर्णयको सुनिश्चितता गरेको छ। यद्यपि यी सुनिश्चिततालाई उल्ट्याउने अधिकार आफूसँग रहेको स्वीकारोक्तिले अमेरिकी प्रत्याभूति सन्देहास्पद देखिन्छ।

बेलायतमा रहेको इक्वेडरको राजदूतावासमा शरण लिइरहेका बखत अमेरिकी गुप्तचर निकाय सिआइएले असान्जको अपहरण वा हत्या नै गर्ने योजनाको खुलासा भएको वेला असान्जसँग नरम रूपमा पेस हुने अमेरिकी वाचा थप सन्देहास्पद बनेको छ। र, यो खुलासाले अमेरिकाको राजनीतिक उद्देश्यलाई थप उजागर गरेको छ। यी खुलासा सतहमा आएर अदालतमा प्रस्तुत हुँदा पनि अमेरिकी सरकारले विरोध जनाएको छैन । अर्थात् अमेरिकी सरकारले सरकारसम्बद्ध व्यक्तिहरूले इक्वेडर दूतावासमा, असान्जका परिवार, सहयोगीहरूको घर र वकिलको कार्यालयमा जासुसी गरेको भन्ने आरोपको खण्डन गरेको छैन।

अमेरिकी सरकारको अभियोगले अमेरिका र विश्वका अन्य मुलुकका प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराएको छ । अभियोगमा भनिएका अधिकांश आचरण पत्रकार एवं प्रकाशकले दैनिक रूपमा गर्ने आचरण नै रहेका छन् । यदि उनको सुपुर्दगी हुने हो भने पत्रकारिताका सामान्य अभ्यासको अपराधीकरण हुनेछ । विश्वसनीय स्रोतका आधारमा सरकारका गल्ती एवं अपराधको खुलासा गर्ने पत्रकार एवं अन्य व्यक्तिलाई पर्ने सम्भावित भयावह असरले आमजनताको उनीहरूको सरकारले के गरिरहेको छ भनेर थाहा पाउने अधिकारलाई कुण्ठित गर्नेछ । विश्वभरि प्रेस स्वतन्त्रतामा भइरहेको निरन्तर हमलाका वेला असान्जलाई चुप लगाउने कामलाई सबैले महसुस त गर्नेछन्, तर यसले पत्रकारहरूमा प्रत्यक्ष एवं परोक्ष रूपमा अभियोगको भय सिर्जना गरेर थप असर गर्नेछ ।

गोप्यता कायम गर्नुपर्ने दायित्व अर्थात् ‘नन–डिस्क्लोजर अब्लिगेसन’ नभएको, अमेरिकी नागरिक नभएको र अमेरिकामा बसोबास नभएको व्यक्तिलाई जासुसीको अभियोग लगाउनुले अमेरिकाले सरकारका गलत कामहरूको सूचनाको खुलासा गर्ने व्यक्तिलाई पक्राउ गर्न विश्वभरि आफ्नो न्यायिक क्षेत्राधिकार भएको देखाउन खोजिरहेको भान हुन्छ । बेलायती अदालतले विगत १८ महिनादेखि लन्डनको एक कडा सुरक्षा प्रबन्ध भएको जेलमा राखिएका कमजोर मानसिक स्वास्थ्य भएका असान्जले अमेरिकाका खराब अवस्थाका जेलहरूमा राखिँदा आत्महत्या गर्नेसम्मको जोखिम रहेको पाएको छ।

२७ अक्टोबरका दिन एम्नेस्टी इन्टरनेसनलका सचिव जेनरल एग्नेस केलामार्डले अमेरिकी अधिकारीलाई असान्जविरुद्ध लगाएका अभियोग हटाउन आग्रह गरेकी छिन् । र, केलामार्डले बेलायती अधिकारीलाई असान्जलाई सुपुर्दगी नगर्न र तुरन्तै रिहा गर्न माग गरेकी छिन् । ‘२० वर्षयता अफगानिस्तान एवं इराकमा अमेरिकी युद्ध अपराधका लागि हालसम्म कसैलाई जवाफदेही बनाइएको छैन वा अभियोजनसमेत लगाइएको छैन, तर ती २० वर्षका अमेरिकी युद्ध अपराधको खुलासा गर्ने प्रकाशकले भने सम्भवतः आजीवन काराबास भोग्नेछन्’ केलामार्ड भन्छिन् । ‘असान्जलाई अमेरिकी सरकारले भएजति सामथ्र्य लगाएर पक्राउ गर्नुले उनलाई दण्डित गर्ने नै मनसाय राखेको देखिन्छ । यो मुद्दा एक व्यक्तिको नियतिमा सीमित छैन । यसले प्रेस स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर जोखिममा पार्नेछ’ केलामार्ड थप्छिन् । सरकारलाई निगरानी गर्न र मानवअधिकार हनन गर्नेलाई कठघरामा ल्याउन मुखबिर, प्रकाशक एवं पत्रकारको भूमिका निकै महत्वपूर्ण हुन्छ । असान्जमाथि लगाइएका आरोपलाई खारेज गरिनुपर्छ र उनलाई तुरुन्तै रिहा गर्नुपर्छ।

यता विकिलिक्सका प्रधानसम्पादक क्रिस्टिन हराफ्फ्सनले पनि यदि असान्ज दोषी ठहर भए असान्जले अमेरिकी जेलमा आजीवन सजाय पाउन सक्नेमा आफू चिन्तित रहेको बताएका छन्।
साथै अहिले जुलियन असान्जको स्वास्थ्य स्थिति पनि धेरै नाजुक रहेकोले उनलाई सुपुर्दगी गर्न नहुनेमा जोड दिएका छन।

(याहू न्यूज, अल जजिरा र, रोयटर्स को सहयोगमा)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८