ब्रेकिङ न्युज:

सुब्बासाहेब देविप्रसाद – “चोर्का सङ्ले साधु चोरै हुन्याहो, सत्का सङ्ले चोर साधू हुन्याहो”

Jagaran Post २५ मंसिर २०७८, शनिबार ०७:०८

Debi prasad

चन्द्र शम्शेरकालीन ‘मुन्सीखाना’ (परराष्ट्र विभाग) का सुब्बासाहेब देवीप्रसाद सापकोटा (वि.सं. १९२४–२०११) राष्ट्रवादी चिन्तक, राजनीतिज्ञ, पत्रकार र कविजस्ता बहुआयामिक व्यक्तित्व हुनुहन्थ्यो । त्यो बेला विदेशीसँग सन्धी–सम्झौता गर्दा सुब्बा देवीप्रसादको मूख्य भूमिका हुनेगर्थ्यो। उहाँले पटनामा शिक्षादीक्षा लिनुभयो ।

नेपाली राष्ट्रिय काँग्रेस (वि.स.२००३) को स्थापनाभन्दा अघि नै यसको पूर्वरुप ‘अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस’ को उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन काँग्रेसको नाममा भारतीय भन्ने शब्द ब्रिटिशकालीन भारत र राणाकालीन नेपालको निरंकुश शासन तथा सुपुर्दगीबाट बच्न राखिएको थियो । अर्को कारण, उक्त काँग्रेसमा आबद्ध भएकाहरूमा उतै स्थायी बसोबास भएका नेपालीहरूको संख्या उल्लेख्य नै थियो।

देवीप्रसाद मुन्सीखानाको सुब्बा हुँदै, भारतको ब्रिटिश शासनले तिब्बतमा युद्ध गर्न नेपालको भूमि र सैनिक सहायता माग्यो । कर्नेल फ्रान्सिस यौङ्हज्बेण्डको नेतृत्वमा एउटा ब्रिटिश टोली ब्यापार सन्धीको प्रस्ताब लिएर ल्हासा जान सिक्किमको गान्तोक पुगिसकेको थियो । तर पोटाला दरबार (तिब्बत) ले त्यसलाई ल्हासा प्रवेशको अनुमति दिएन । यही विवाद बढ्दै गएर ब्रिटिश भारत र तिब्बतका बीच युद्धको सम्भावना बढ्दैगयो । यसमा चन्द्र शम्शेर थापाथली सन्धीलाई लत्याउँदै ब्रिटिशहरूलाई सहयोग गर्न तयार थिए । यसका लागि उच्च पहाडी/हिमाली क्षेत्रमा सामान ढुवानी गर्न ४ हजार याक र खच्चरसहितको नेपाली टोली पूर्वी नेपालबाट यौङ् हज्बेण्डको क्याम्पमा पठाउने भए ।

Deviprasad jpt
तस्विर स्रोत : हरि मञ्जुश्री, बनेपा

तर सुब्बासाहेब ले ‘नेपाल र भोट (तिब्बत) को थापाथली सन्धीअनुसार भोटसँग युद्धका लागि अँग्रेजहरूलाई सहायता गर्न नेपालको भूमी र सैनिक सहायता उपलब्ध गराउन मिल्दैन’ भन्ने अडान लिनुभयो । चन्द्र शम्शेर खुब रिसाए, आफूले भनेअनुरुप काम गर्न दबाब दिए । सुब्बासाहेब लाई दबाबमा काम गर्न मन लागेन । उहाँ स्वभावमा सत्यवादी र अलिक खरो टाईपकै मान्छे हुनुहँुदोरहेछ । चन्द्र शम्शेर उहाँलाई कडा कारवाही गर्ने तहमा पुगे, तर उहाँले आत्मसमर्पण गरी अह्राएको मानेर बस्ने दास हुन चाहनु भएन । चन्द्र शम्शेरले उहाँविरूद्ध राज्य विरुद्धको अभियोग लगाएर सर्वश्वहरण गरे । यहाँसम्म कि छोरीलाई दाईजो दिएको चल–अचल पनि भेटेजति सबै सम्पत्ती हरणमा पर्यो र त्यो सम्पत्ती मुन्सीखानाका मीरसुब्बा र सरदारहरूले बकस पाए ।

वि.स. १९६१ मा सुब्बासाहेब भारत निर्वासनका लागि बनारस पुग्नुभयो । राणा शासन समाप्त नपारी म नेपाल फर्किन्न भनी दृढ अठोट लिएर उहाँ बनारसमै निर्वासित हुनुभयो । त्यसपछि उहाँकी पत्नीसमेत बनारसतिरै धपाईनु भयो । निर्वासित जीवनमै उहाँले ‘सावित्री चरित्र’ नामक खण्डकाब्य वि.स.१९७४ मा लेख्नुभयो, जसलाई पहिलो प्रकाशनको एकसय वर्षपछि शब्दयात्रा प्रकाशनले पुनःमुद्रण र प्रकाशन गरेको छ । यसमा चन्द्र शम्शेरको बेइमानी, छलकपट र अत्याचारलाई घुमाउरो किसिमले प्रहार गरिएको छ । माथि उल्लेखित काब्यांश सोही खण्डकाब्यको पृष्ठ ४१ मा उल्लेखित छ ।

सुब्बा साहेब २००८ सालतिर ८४–८५ वर्षको वृद्धावस्थामा नेपाल फर्किनुभयो । आँखा, कान कमजोर, दुब्लो, कमजोर अवस्थामा भएपनि सर्वश्वहरणमा परेको आफ्नो सम्पत्ती फिर्ता पाउने आसामा, काठमाडौँ–जैसिदेवलस्थित छोरीको घरमा बसेर महिनौँसम्म निकै दौडधूप गर्नुभयो । राजा त्रिभुवनसँगको भेटमा सम्पत्ती फिर्ता पाउने आश्वासन पनि पाउनुभयो । यसबारे सर्बोच्च अदालतमा निवेदन दिएको केही महिनापछि उहाँको निधन भयो ।

काभ्रेमा मित्र हरि मञ्जुश्री र शब्दयात्रा प्रकाशनले २०६८ देखि उहाँको सम्मानमा अक्षयकोषको स्थापना गरी आमसञ्चारका सञ्चारकर्मीहरूको सम्मान, बनेपा–६ मा अर्धकदको शालिक स्थापना, मञ्जुश्रीकै सम्पादनमा स्मृतिग्रन्थ प्रकाशित गर्ने कामहरू भएका छन् । तर सरकार र नेपाली काँग्रेस भने हुलाक टिकट प्रकाशित गर्ने, विकासका कार्यलाई स्मारकको रुपमा नामकरण गर्ने, उहाँको व्यक्तित्व र योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिने जिम्मेवारी र दायित्वबाट बिल्कुल अलग रहेको उदेकलाग्दो अवस्था छ ।

chandramani gautam
           चन्द्रमणि गौतम

(प्रस्तुत लेख र तस्विर हामीले लेखक स्वयंकै फेसबुक वालबाट लिएका हौं।)

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९