पाल्पामा विद्यालय जाने क्रममा एकको मृत्यु

Bijay Gyawali ११ भाद्र २०७६, बुधबार १६:५२

पाल्पामा विद्यालय जाने क्रममा बेहोस भएर एक क्षात्राले ज्यान गुमाएकि छन् ।
रम्भा गाउँपालिका–५, ताहुँमा अवस्थित रम्भा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत पूर्वखोला गाउँपालिका–६ हेक्लाङकी १६ वर्षीया कमला फालको बुधबार बिहान ट्युसन पढ्न जाने क्रममा मृत्यु भएको हो । बिहान पौने ८ बजेतिर विद्यालयमा ट्युसन पढ्न आउने क्रममा कमला विद्यालयनजिकै बेहोस भएकी थिइन् । तत्पश्चात उनलाई उपचारका लागी स्थानीय ताहु प्राथमिक केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछी सदरमुकाम तानसेन ल्याउँदै गर्दा बाटोमै कमलाको ज्यान गएको विद्यालयका प्रध्यानाध्यापक तुल्सी अर्यालले जानकारी दिनुभयो । कमलाको घर र विद्यालय बिचको दुरी २ किलोमिटर रहेको स्थानियहरूले जानकारी दिएका छन् ।
कमलाको ज्यान गएपछि आत्तिएर रुने क्रममा उनका ९ जना साथीसमेत बेहोस भएका छन् । रोएर बेहोस भएका मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६