ब्रेकिङ न्युज:

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पुन: पाण्डे

Jagaran Post २६ मंसिर २०७८, आईतवार ११:५९

रुपन्देही : पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पुन यमप्रसाद पाण्डे विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का उम्मेद्वार टिकाराम गौतमलाई ६१ मतले हराउंदै मौजुदा समितिका अध्यक्ष पाण्डे पुन निर्वाचित भएका हुन् ।

अध्यक्षमा विजयी पाण्डेले ४५८ मत र अर्का प्रतिसपर्धि गौतमले ३९७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ८६५ मत खसेको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा ४७८ मत सहित प्रतापबहादुर कार्की विजयी भएका छन् । उनका प्रतिस्पर्धी कमल घिमिरेले ३७८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष तर्फ खुल्लामा ४६२ मत सहित खगराज गौतम, रुपन्देहीमा ५०९ मत सहित गणेश घिमिरे र ४४६ मत सहित लक्ष्मण गैरे, नवलपरासीमा ५०८ मत सहित गुप्तबहादुर केसी, नवलपुरमा ४६३ मत सहित पर्शुराम भण्डारी, काठमाण्डौमा ४३२ मत सहित रमेशकुमार फौजदार, गुल्मी/पाल्पा/स्याङ्जामा ४६८ मत सहित कृष्ण ठकुरी, कपिलबस्तु/अर्घाखाँचीमा ४६० मत सहित चेतबहादुर थापा विजयी भएका छन् ।

त्यस्तैगरी महासचिवमा ४६६ मत सहित हरिप्रसाद कंडेल, सचिवमा ४३० मत सहित अर्जुनकुमार भुसाल र कोषाध्यक्ष पदमा ४९८ मत सहित हरिप्रसाद रिमाल विजयी भएका छन् ।

समितिको दश कार्यसमिति सदस्य पदमा अर्जुनबहादुर कुवंर, अशोक कुवंर, उज्वल केसी, कृष्णबहादुर कंडेल, कृष्णबहादुर रानाभाट, गोपाल लम्साल, यमबहादुर जिसी, शंकरप्रसाद लम्साल, शोभाकान्त पाण्डे र ज्ञानेन्द्रबहादुर रेश्मी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९