पाकिस्तानमा २० अर्व डलर लगानी गर्ने साऊदीको घोषणा

जागरणपोस्ट ६ फाल्गुन २०७५, सोमबार १६:०६

बिबिसी – दुई दिवसीय पाकिस्तान भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । यसमा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलरको लगानी पनि समावेश छ ।
पाकिस्तान पुगेका युवराजले पाकिस्तानको भविष्य उज्ज्वल भएको बताए ।

उनले भने, ‘गत वर्ष पनि पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगती गर्यो र अहिलेको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ ।’

‘यसै कारण हामीले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरेका छौं जुन पाकिस्तानमा साउदी लगानीको पहिलो कदम हो,’ उनले थपे ।

साउदी युवराज जब पाकिस्तान पुगे तब उनको स्वागतका लागि प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्टमा उपस्थित थिए ।

इमरान खानले युवराजलाई आफ्नो कारमा राखेर प्रधानमन्त्री निवाससम्म लिएर गए । उनी आफैंले कार चलाइरहेका थिए ।

युवराजको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष रात्रीभोजको आयोजना पनि गरिएको थियो । यतिबेला इमरान खानले साउदी अरबमा काम गर्ने पाकिस्तानी मजदुरका समस्या बारे चर्चा पनि गरे ।

इमरानका अनुसार २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गरिरहेका छन् । उनीहरु आफ्नो परिवारलाई छोडेर काम गर्नका लागि साउदी अरब जान्छन् र लामो समयसम्म आफ्नो परिवारबाट टाढै बस्छन् ।

ती मजदुर मेरो मनको निकै नजिक भएको बताउँदै उनीहरुका विभिन्न समस्यालाई युवराजलाई आफ्नो स्तरमा हल गरिदिन आग्रह गरेका छन् ।

यसका साथै, इमरानले हजको क्रममा पाकिस्तानी नागरिकलाई पर्ने समस्याबारे पनि युवराजसँग छलफल गरे ।

साथै, युवराजले पाकिस्तानले आफूलाई साउदी अरबको प्रतिनिधी सम्झेर सबै मुद्दाको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि जब युवराज आइतबार अबेर राती पाकिस्तान पुगे तब उनको शानदार स्वागत गरियो । युवराजको विमान जब पाकिस्तानको वायुक्षेत्र पुग्यो तब लडाकू विमानले त्यसलाई एस्कर्ट गर्यो ।
पाकिस्तानी लडाकू विमानले युवराज चढेको विमानको दायाँ–बायाँ उड्दै विमानलाई रावलपिन्डीको नूर खान एयरबेससम्म ल्यायो ।

त्यसपछि सुप्रिम को–ओर्डिनेशन काउन्सिलको पहिलो बैठक भयो जसको अध्यक्षता साउदी युवराज र प्रधानमन्त्री इमरानले रह्यो ।

साउदी युवराजले नै उच्च स्तरीय परिषद स्थापित गर्न प्रस्ताव दिएका थिए । यसमा पाकिस्तान र साउदी अरबका रक्षामन्त्री र विदेशमन्त्री समावेश थिए ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५