ब्रेकिङ न्युज:

खेलाडीमा कोरोना संक्रमण देखिएपछि युनाइटेडका खेल स्थगित

Jagaran Post २९ मंसिर २०७८, बुधबार ११:०२

एजेन्सी : इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आगामी खेल स्थगित गरिएको छ ।

युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएपछि घरेलु इंग्लिस प्रिमियर लिगमा यस साता ब्रेन्टफोर्डसँग हुने खेल स्थगित गर्ने निर्णय गरिएको हो ।युनाइटेडको अनुरोधमा प्रिमियर लिगले सो खेल स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रिमियर लिगको कोभिड–१९ प्रोटोकल अनुसार सिनियर टोलीमा चार जनाभन्दा बढी खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित हुने नियम छ ।

युनाइटेडले सोमबार राति आधिकारिक रूपमा आफ्ना खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । तर, क्लबले संक्रमित खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

सिनियर टोलीका खेलाडीको कोभिड जाँच गर्दा ५ जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

खेलाडीका साथै कोचिङ स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । क्लबले आधिकारिक प्रेस नोट नै जारी गरेर आफ्नो सिनियर टोलीका खेलाडी र अफिसियलमा संक्रमण देखिएको र उनीहरू होम आइसोलेसनमा बस्न शुरू गरेको जनाएको छ ।

प्रिमियर लिगमा अहिले युनाइटेड १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । सिजनको शुरुवात खराब तरिकाले गरेको युनाइटेड पछिल्ला तीन खेल लगातार जित्दै लयमा फर्किएको छ । युनाइटेड अहिले नयाँ जर्मन प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा रहेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९