ब्रेकिङ न्युज:

लुम्बिनीमा सडक खाना महोत्सव हुँदै

Jagaran Post १ पुष २०७८, बिहीबार १७:१७

रुपन्देही : अंग्रेजी नया बर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौ सडक खाना महोत्सव हुने भएको छ ।

लुम्बिनी होटल संघको आयोजनामा लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।

गत बर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरि अहिले थप परिस्कृत र सावधानी अपनाउदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

सडक खाना महोत्सवमा बौद्धकालिन परिकार देखी स्थानिय स्तरमा पाईने तथा तारे होटलहरुको परिकार पर्यटकले एकै स्थानमा स्वाद लिन पाउने आयोजकको दावी छ ।

बिशेष गरि स्थानिय स्तरमा रहेका थारु, मुस्लिम, मधेशी समुदायहरुको परिकारका साथै लुम्बिनीमा रहेका तारे होटलहरु होटल कसाई, बुद्धमाया गार्डेन, होक्के होटलहरुको परिकारहरु न्यून मूल्यमा उपलब्ध गराईने ज्ञवालीको भनाइ छ ।

यस पटक महोत्सव २ दिन आयोजना गरि लुम्बिनीको पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजकको भनाइ छ ।

महोत्सवमा लुम्बिनीका होटलहरुमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पहुनाले पाउने छ्न ।

महोत्सवलाइ ब्यवस्थित बनाउन छोटो दुरिका लागि निशुल्क यातायातको साधनको ब्यवस्था समेत गरिएको छ ।

भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सन्चालन हुने संघका महासचिव पुरुषोत्तम अर्यालले बताए ।

यस्तै महोत्सवमा नौमती, पन्चेबाजा, बिरहा, थारु झुमराका साथै आधुनिक पप/डिजे गीत संगीतको पनि प्रस्तुती हुने अर्यालले बताए ।

पत्रकार लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ, सल्लाहकार हेम बिस्टको उपस्थिति रहेको थियो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९