ब्रेकिङ न्युज:

हाँसेरै दौडियो जिन्दगी !

Jagaran Post ३ पुष २०७८, शनिबार १४:३६

मनभित्र पीडा थियो
तैपनि हाँसेरै दौडियो जिन्दगी ।।

चेलीका मनका बह
पाहुना घरमा आऊँथे
आफू भान्छातिर लुक्न गईयो
मीठो चिया बनाईयो
पाहुना खुशी भए
पुर्लुक्क हेरे
त्यत्तिकैमा हाँसेरै दौडियो जिन्दगी।।

छोरी, भन्नुहुन्थ्यो आमाले
पाहुनाले जुठो बनाएको गिलास
टप्प टिपेर लगेर पखालें
भोलीको लागी कपडा धोएँ
संस्कारी देखिन सभ्य बनें
अन्त्यमा पाहुना बोलेर गयो
घरको काम नदोहोरेकी भनेर
तैपनि हाँसेरै दौडियो जिन्दगी।।

घरमा फेरि अर्को पाहुना आयो
उसैगरि उसको अंघाढि परें
चिया आमन्त्रण गरें
पुर्लुक्क हेर्यो
शिरदेखी पहिरनसम्म
दायाँदेखि बायाँसम्म
पटक पटक हेरिरहन्थ्यो।

बा आमा चाहिं चियाको चुस्कीसंगै
कथित पाहुनासंग मख्ख थिए
तर, म सबैका सामुन्ने
कठपुतली बनेको कसैलाई हेक्का भएन।।

अचानक हातको थाल खसेछ आँघनमा
थालको आवाजले सबैजना सतर्क भए
चनाखो भए अनि मैप्रति केन्द्रित भए
तवसम्म पनि बाध्यताको मुस्कानले दौडियो जिन्दगी।।

यता लगन जुरेछ
उता संगीसंगै सुसेली हाल्दै थिएँ
अचानक मण्डपमा बसें
पूर्वानुमानबिनै अचानक
यो के भएको हो?

अर्कै घरको परिवन्धमा
कसैले `बुहारी छिटो उठ´ भन्ने
कर्कस आवाजमाझ बल्ल चिनें
तिनी त `सासू´ पो रहिछिन।

जुठा भाँडा माझें
लिपपोत गरें
मैला लुगा धोएँ
श्रीमानको इज्जत जोगाऊन
अझै संस्कारी भएँ
मन भक्कानिएको थियो
आँखा ओभाईसकेका थिए
तवसम्म पनि हाँसेरै दौडियो जिन्दगी।।

यत्तिकैमा टाढैदेखि श्रीमानले आवाज लगाए
मेरो अंश खान आएकी होस भनेर चिच्याए
पख्लिस तलाईं भन्दाभन्दै लडबडाएर झाडीमा खसेछन।।

अत्तालिंदै बिऊँझिएछु
बिस्तारा त मेरै घरको हो
आमाकै काखमा सुतेकी छु
हत्तेरिका, कस्तो नराम्रो सपना !
भन्दै फेरि निदाऊँदा निदाऊँदै
गम्न पुगिछु
आखिर,
महिलाको जीवन
यिनै कठोर बाध्यतासंग
भिड्दा भिड्दै
बनावटि नै सहि
हाँसेरै त दौडिंदोरहेछ जिन्दगी !!

इन्दिरा ज्ञवाली 

बुटवल ।

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९