प्रतिनिधि सभाको बैठक आज बस्दै

Jagaran Post ६ पुष २०७८, मंगलवार १०:१६

काठमाण्डाै : प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ ।

बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । गएको मङ्गलवार बसेको बैठक एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो ।

एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो ।

संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गरेका थिए । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८