काठमाण्डाै : विवेकशील साझा पार्टीकाे संयाेजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने बताएका छन् ।
मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेकाे विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।
त्यसकै प्रतिक्रियाका रूपमा पाण्डेले कारबाही अवैध रहेकाे भन्दै अस्वीकार गर्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मत भिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा त्याे विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु ।’