ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेश स्तरिय सि लेभल ब्याडमिन्टन प्रतियोगिता हुँदै

Jagaran Post ६ पुष २०७८, मंगलवार १९:१७

रुपन्देही : आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजनामा लायन्स क्लव अफ बुटवलको सहकार्यमा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

देविनगरस्थित कबर्ड हलमा पुस ९ र १० गते आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरि बताएको हो।

आशिष स्पोर्टस हाउसका संचालक आयुष श्रेष्ठले खेलकुदलाई जोडेर अभियान शुरुवात थालेको बताए। उमेर समुहका खेलाडी उत्पादन गर्न सहयोग हुने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए।

प्रतियोगितामा उपाधि विजेताले नगद ३० हजार रुपैया, मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

यसैगरि दोस्रो टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद १५ हजार सहित मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई विशेष पुरस्कार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगितामा १३२ टिम सहभागी हुने उनले बताए।

लायन्स क्लबका अध्यक्ष अन्जिल खान, सल्लाहकार सन्दिप कशौधन, मुख्य एम्पायर अर्जुन कार्कीले युवा खेलाडी उत्पादनका लागि सबै सरोकारवाला एकतावद्घ भएर लाग्नुपर्ने बताए। दुई दिन संचालन हुने प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकहरुको अनुमान छ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९