ब्रेकिङ न्युज:

शिक्षक सेवा आयोगद्वारा २६ सय शिक्षक माग गर्दै आवेदन खुला

Jagaran Post ७ पुष २०७८, बुधबार १०:०१

काठमाण्डाै : शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ ।

आयोगले आज सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।

इच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् ।

आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९