आज प्रतिनिधिसभाको बैठक बस्दै

Jagaran Post ७ पुष २०७८, बुधबार ११:५५

काठमाण्डौ : प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्ने लगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

सरकारले अघि बढाउने तयारी गरेको अमेरिकी सहयोग परियोजना एमसीसी भने कार्यसूचीमा परेको छैन ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ।

मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।

नेकपा एमालेले नवौँ अधिवेशनदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ । आफूहरूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ। एमालेको अवरोध आज पनि जारी रहनेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८