ब्रेकिङ न्युज:

नेप्सेमा आज ९२ अङ्कको वृद्धि

Jagaran Post ७ पुष २०७८, बुधबार १६:३६

काठमाण्डाै : शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ ।

हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ८ दशमलव २३ प्रतिशतले बढेको छ ।

जलविद्युत् ६ दशमलव ०३ प्रतिशत, विकास बैंक उपसमूहको ५ दशमलव ५१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ उपसमूह २ दशमलव २२ प्रतिशत, र्निजीवन बीमा ४ दशमलव ७६ प्रतिशत, लगानी उपसमूह ५ दशमलव १९ प्रतिशतले बढेको छ ।

आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन ।

आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लाे तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९