ब्रेकिङ न्युज:

५० लाख सिरिञ्ज नेपाल आइपुग्यो, सबै प्रदेशमा पठाउने सरकारको तयारी

Jagaran Post १० पुष २०७८, शनिबार १२:२४

काठमाण्डाै : सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ ।

हिजो काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो ।

यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।

सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा  खोप अभियान नै प्रभावित बनेको थियो ।

प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ ।

तर सिरिञ्ज आइसकेको र पठाएपछि खोप कार्यक्रम नियमित हुने डा.चौरासियाले बताए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९