ब्रेकिङ न्युज:

सुनगाभा स्कुलले मनायो २५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस

Jagaran Post १० पुष २०७८, शनिबार १८:४९

सुरेश परियार

रुपन्देही : सुनगाभा पब्लिक माध्यमिक विद्यालयले आफ्नो २५ औं बार्षिकउत्सव तथा अभिभावक दिबस मनाएको छ ।

सैनामैना -३, मुर्गियामा रहेको सो बिधालयले विविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको हो ।

बिद्यालयमाको प्राङ्गणमा भएको कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मि जोशिको अध्यक्षता,शिक्षा तथा सामाजिक निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज गैरेको प्रमुख आतिथ्यता, नेशनल प्याप्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल, सैनामैना नगरपालिका वडा नं-४ का वडा अध्यक्ष धन बहादुर कार्कीको विशिष्ट आतिथ्यता, विद्यालयका प्रचार्य तिलक के.सीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा बोल्दै शिक्षा तथा सामाजिक निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज गैरेले शिक्षकहरुलाई आइटि मैत्री,शिक्षालाई प्रबिधि मैत्री बनाउन लागि परेको बताए ।

बिद्यार्थीहरुको असल आचारण र अनुशासन हुन आबस्यक रहेको कुरा उल्लेख गरे । पढाईको स्तरवृद्धि गर्न ब्यबस्थापन समिती, शिक्षकहरुलाई विशेष योजना साथ अघि बढ्न गैरेले आग्रह गरे ।

कार्यक्रमको पुर्बसन्ध्यामा गरिएको बिबिध कार्यकममा बिजेता हुने बिद्यार्थीहरुलाई पुरस्करका साथ सम्मान गरिएको थियो ।

विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत समेत गरेका थिए ।कार्यक्रममा बिधालयका शिक्षक लक्ष्मण खनालको सन्चालनमा सम्पन्न भएको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९