ब्रेकिङ न्युज:

सोभियत संघ विघटनको तिस वर्ष

Jagaran Post १२ पुष २०७८, सोमबार ०१:४५

सोभियत संघ को स्थापना ३० दिसम्बर १९२२ र विघटन २६ दिसम्बर १९९१ मा भएको थियो।

यसभित्र पहिलाको रूसी साम्राज्यको भूभाग, दोस्रो विश्वयुद्धपूर्व मोलोतोभ-रिबेन्त्रोप सन्धी अनुसार गाभिएका तीन बाल्टिक गणतन्त्रहरू र सोही सन्धी अनुसार सोभियत संघमा गाभिएको रोमानियाको बेसराविया क्षेत्र (हालको मोल्दोभा गणतन्त्र) पर्दथे।

दोस्रो विश्वयुद्धमा सोभियत संघ ले जितेका केही जर्मन भूभाग पनि कुनै सिधै (क्योनिसबर्ग – हालको कालिनिनग्राद) र कुनै पोल्याण्डसँग सट्टिपट्टि गरेर (ल्भोभ इलाका) प्राप्त क्षेत्र पनि सोभियत संघभित्र पर्दथ्यो। विघटनको समयमा यसमा १५ सार्भभौम संपन्न गणराज्य थिए जसमध्ये बेलारुस र युक्रेन संयुक्त राष्ट्रसंघका स्वतन्त्र सदस्य थिए।

ऐतिहासिक कालखण्डमा साम्राज्यहरूको उत्थान र पतन स्वाभाविक प्रकृया भए पनि सोभियत संघको विघटन हाम्रै जीवनकालमा भएकोले यसले हाम्रो मन-मष्तिष्कमा केही असर त अवश्य पार्यो।

सोभियत संघ ले विज्ञान, कला र सस्त्रास्त्रको विकाशमा ठूला उपलब्धि हासिल गरेको भए पनि आधुनिक व्यवसाय, उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा बजार अर्थतन्त्रसँग प्रतिस्पर्द्धा गर्न सकेन। फेरि राज्यको हातमा सम्पूर्ण अर्थतन्त्र केन्दृत गर्दा आर्थिक संकट राजनीतिक संकटमा परिणत भयो।

पश्चिमी मुलुकहरूमा पनि ठूलठूला आर्थिक संकट आइरहन्थ्यो तर अर्थतन्त्र राज्यको नियन्त्रणमा नभई बजारद्वारा संचालित भएकोले बजारले ती संकटबाट निकास पनि दिन्थ्यो।

दुखको कुरा पहिला एउटै देशमा बाँधिएका पूर्व गणतन्त्रहरूबीच अहिले पनि मनमुटाव जारी छ। कतिलाई छुट्टिएको पीडा छ भने कतिलाई छुटेपछि पनि रुसको आधिपत्यबाट पूरै मुक्ति नपाएको भन्ने गुनासो छ। तर रुस, बेलोरुस र एशिया खण्डका अरु चार गणतन्त्र मिलेर युरोसियाली आर्थिक संघको स्थापना गरेका छन् जसले यी राष्ट्रहरू नयाँ आधारमा संघ बनाएर अघि बढ्न र सफल भए अरूलाई पनि आकर्षण गर्न सक्नेछन्।

Sobhiyat sangh
सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाच्योभ

सोभियत संघको बिघटनलाई बर्तमान रुसी रास्ट्रपति भ्लादमिर पुटिनले २० औ सताब्दीकै सबै भन्दा ठुलो भू-राजनितिक बिपत्तिको रुपमा ब्याख्या गरेका थिए। पुटिनले यहाँ सम्म भनेका छन् कि यदि मेरो हातमा आधुनिक रुसको इतिहासलाई बदल्न सक्ने क्षमता भएकाे भए म सोभियत संघको बिघटन लाई उल्टाईदिने थिए। यो पुटिनको मात्र होईन सबै रसियनहरुको मनोविज्ञानको प्रतिबिम्ब पनि हो।

सोभियत संघको गठन केवल एक देशको क्रान्ति मात्र थिएन। बरु यसको व्यापक अन्तरास्ट्रिय आयाम पनि थियो। बिश्वभरका मजदुर, किसान र उत्पीडित जनताको लागि सोभियत संघ आशा र भरोसाको केन्द्र पनि थियो।

तत्कालिन साम्राज्यबादी बिश्वको विलोम र प्रतिधुर्ब पनि थियो। युरोप र अमेरिकाका मजदुर बर्गले जुन सुबिधा पाएका थिए। त्यसको कारण थियो आफ्ना देशका मजदुरहरुले सोभियत संघ बाट प्रवाभित भएर क्रान्ति र बिद्रोह नगरुन भन्ने नै थियो।

यस्तै युरोपेली र अमेरिकामा पनि लोक कल्याणकारी ब्यबस्था लागु गरिएको थियो। यसको कारण पनि पुँजीवादी देशहरुले आफ्ना नागरिकहरुको माया र ममता भन्दा पनि शिक्षा र स्वास्थ्य जुन सोभियत संघमा निशुल्क थियो त्यसको सिको गर्न उनीहरु बाध्य भएका थिए।

जब सोभियत संंघ कमजोर भयो र बिघटन भयो पुँजीवादी देशहरुले नबउदारबादको नाममा लोककल्याणकारी ब्यबस्थालाई उल्ट्याउन थाले। शिक्षा र स्वास्थ्य क्षेत्रलाई बिश्व ब्यापी रुपमा निजीकरण गर्न थाले।

सोभियत संघको अर्को देन थियो साम्राज्यबाद र उपनिवेशवाद बिरुद्धको लडाई। १९१७ मा सोभियत संघ स्थापना भए पछि यो देश साम्राज्य स्थापना र बिस्तार तिर लागेन। जवकि अन्य यूरोपेली देशहरु र अमेरिका उपनिवेश बिस्तारको होड बाजीमा लागेका थिए। बरु सोभियत संघउ पनिवेशमा जकडिएका देशहरुको लागि आशाको केन्द्र बनेको थियो।

चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिकाका क्रान्तिकारीहरु सोबियत संघमा साहयता र तालिमको लागि आउने गर्थे। यिनै बिद्रोही युवाहरुको लागि सोभियत संघ गठन भएको ३ बर्ष भित्रमै १९२१ मा पूर्वका श्रमिकहरुको कम्युनिस्ट युनिभर्सिटी (Communist University of the Toilers of the East ) खोलिएको थियो। जसका बिद्यार्थीहरु मध्ये भियतनाममा रास्ट्रपति हो चि मिन्ह, भारतका प्रख्यात नेता एम एन रोय, चीनका सर्बोच्च नेता देङ्ग सियाओपिङ्ग, ताइवानका रास्ट्रपति चियांग को र टर्कीका कवि नाजिम हिक्मत उल्लेखनीय मानिन्छन।

दोश्रो बिश्वयुद्ध पछि उपनिवेश बाट एसिया र अफ्रिकाका देशहरु मुक्त्त हुन् थाले। यसको प्रमुख कारण पनि सोभियत संघलाई मान्न सकिन्छ। तेश्रो बिश्वका देशहरुमा कम्युनिस्ट पार्टीहरुले रास्ट्रीय मुक्ति आन्दोलनहरु सुरु गरेका थिए। ति रास्ट्रीय मुक्ति आन्दोलनहरु सफल होलान र ति देशमा पनि सोभियत संघ जस्तै कम्युनिस्ट शासन स्थापन होला भन्ने डरले यूरोपेली देशहरुले बाध्य भएर आफ्नो उपनिवेश नचाहदा नचाहदै हटाउनु पर्र्यो। सोभियत संघ नभएको भए सायदै तेश्रो बिश्वका देशहरु बाट उपनिवेशबाद अन्त्य हुन्थियो होला।

सोभियत संघले बिश्वको स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय भूमिका खेलेको थियो। त्यसको एउटा उदहारण हो बिफर उन्मुलन कार्यक्रम। सोभियत संघले १९५८ देखि २० बर्ष भित्र डेढ अरब डोज बिफर बिरुद्धको खोप उत्पादन गरेर बिश्वका ४५ वटा देशहरुलाई उपलब्ध गराएको थियो। कतिपय देशहरुमा आफ्नै प्लेन बाट ति खोपहरु ढुवानी समेत गरिदिएको थियो। जसका कारणले गर्दा बिश्व बाट बिफर उन्मुलन गर्न सम्भव भयो। त्यस्तै मस्कोमा रहेको आफ्नो Institute of Viral Preparations (IVP, Moscow) मा संसार भरिका खोप उत्पादकहरु लाई खोप उत्पादन सम्बन्धि तालिम पनि उपलब्ध गराएको थियो।

सोभियत संघले पश्चिमको तुलनामा अपेक्षाकृत कम्जोर आर्थिक अवस्थाका बाबजुद पनि बिश्वभर अनेकौ देशहरुलाई उल्लेखनीय आर्थिक सहायता गरेको थियो। जसका कारण अमेरिका लगायत पश्चिमका देशहरु पनि आर्थिक सहायता गर्न बाध्य भएका थिए। जसले गर्दा तेश्रो बिश्वका देशहरुले दुवै तर्फ बाट सहायता पाउथे। सोभियत संघ बिघटन भए पछि त्यो अवस्था हटेको छ। अचेल अनुदान र सहायता कम, ऋण बढी आउन थालेको छ।

त्यस्तै सोभियत संघको बिघटन पछि बिश्व एक धुर्बिय बन्यो। जसको कारण एक्लो महाशक्ति बनेको अमेरिकाले यो तीस बर्षमा अनेकौ सैन्य हस्तक्षेपहरु गर्यो। इराक, सोमालिया, अफगानिस्तान, फेरी इराक, लिबिया र सिरिया जस्ता थुप्रै ठाउमा अमेरिकाले सैन्य हस्तक्षेप गर्यो। जसमा लाखौ मानिसहरुको मृत्यु भयो। यदि बिश्व दुई धुर्बिया हुन्थियो भने अमेरिकाले यसरि निर्धक्क सैन्य हस्तक्षेप गर्न सक्दैन थियो।

केदार सिटौला / श्याम उपाध्याय । फेसबुक

जागरणपोस्टलाई फेसबुक,  ट्विटर,  टिकटक  र  युट्युवमा फ्लो गर्न सक्नुहुनेछ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९