ब्रेकिङ न्युज:

चिसो बढेपछि बुटवलका विद्यालय २ दिन बन्द हुँदै

Jagaran Post १४ पुष २०७८, बुधबार १५:५७

रुपन्देही : वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा आह्वान गरिएको हो ।

उपमहानगर अन्तरगत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु बिहीबार र शुक्रबार बन्द रहने भएका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९