ब्रेकिङ न्युज:

एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ९१ युनिट रगत संकलन

Jagaran Post १४ पुष २०७८, बुधबार १६:४३

रुपन्देही : बुटवलमा रहेको एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एम्स एजुकेसन फाउन्डेसन अन्तरगत एम्स कलेज, एम्स माबि, काउन्सिल अफ एम्स स्टुडेन्टस् क्यास तथा भूपू विद्यार्थीहरुको संयुक्त आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

क्याम्पस परिसरमा आयोजना भएको उक्त कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षक कर्मचारीले रक्तदान गरेका थिए। कार्यक्रममा ९१ युनिट रगत संकलन भएको छ।

शीरमा नेपाली टोपी सहित रक्तदान भन्ने मूल नारासहित आयोजना गरिएको सो कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा फाउन्डेसनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, रेडक्रस सोसाईटी रुपन्देही सभापति प्रेमलाल उदास, बुटवल वडा न ९ का जनप्रतिनिधि शिव बहादुर अधिकारी, एम्सका कलेज प्रमुख बिकाश श्रेष्ठ, एम्स माबि प्राचार्य गोबिन्द शर्मा बस्याल, प्लस टु कोर्डिनेटर बिनोद शाक्य, कार्यक्रम संयोजक शिक्षक सुरज शाक्य, क्यास अध्यक्ष राम प्रकाश पाण्डे, भूपू बिद्यार्थी समूह अध्यय उमानाथ अधिकारी उमेश लगायतले बोल्दै नियमित रुपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।

एम्स कलेजले हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्दै आईरहेको आयोजकले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९