ब्रेकिङ न्युज:

हात्तीमाथी `क्रूरतम पर्यटन´ (भिडियोसहित)

Jagaran Post १५ पुष २०७८, बिहीबार ०८:१३

बिजय ज्ञवाली –  पर्यटन उद्योगको नाममा थाइल्याण्ड, भारत र नेपालमा हात्तीमाथी क्रूरतम व्यवहार गरिंदै आईएको तथ्य बाहिरिएको छ। जनावरहरुप्रति सद्भाव राख्ने यौटा अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणमा हात्ती पर्यटनको नाममा हात्तीमाथी चरम शोषण, दुर्व्यवहार र तिनीहरुको दुरुपयोग भएको तथ्य बाहिर ल्याएको हो। साथै उनीहरूले पर्यटकहरुलाई हात्ती सवारीबाट टाढा रहन पनि अपिल गरेका छन।

हात्ती पर्यटनको नाममा थाइल्याण्ड, भारत र नेपालमा हात्तीहरुमाथी चरम शोषण हुँदै आएको छ। वर्ल्ड एनिमल प्रोटेक्सन (वाप) नामक संस्थाले एशियाभरि गरेको एक अध्ययनले हात्तीमाथीको सवारी र हात्तीसंग सम्बन्धित अन्य मनोरञ्जनात्मक क्रियाकलापले हात्तीको शोषणलाई मात्र बढावा दिएको निष्कर्ष निकालेको हो। मानिसद्वारा हात्तीमाथी गरिने यसप्रकारका हर्कतले हात्तीहरुको स्वतन्त्ररुपमा बाँच्न पाऊने अधिकारको समेत हनन भएको बताईएको छ।

पर्यटन उद्योगका लागि भनेर बन्दी बनाईएका ३ हजारभन्दा बढि हात्तीमध्ये ७५ प्रतिशत हात्तीलाई मनोरञ्जन प्रक्रियामा सहभागी गराऊन नियमित यातना दिने गरिएको (World Animal Protection – WAP) वापको सर्वेक्षणले देखाएको छ। वापले त्यस्ता हात्तीहरुलाई क्रूररतम अवस्थामा राखिएको भनि वर्णन गरेको छ।

हात्तीमाथी सबैभन्दा क्रूरतम व्यवहार थाइल्याण्डमा

वापको अध्ययनले थाईल्याण्डमा हात्तीहरुलाई तीन मिटरभन्दा सानो साङ्लोले बाँधेर राख्ने गरेको बताएको छ। हात्तीहरुलाई घण्टौंसम्म रुखको फेंदमा उंभ्याएर मानव मनोरञ्जनको लागि प्रतिक्षारत बनाईएको हुन्छ। मानिसहरुका होहल्लाका कारण हात्तीहरुलाई नराम्रोसंग असर परिराखेको हुन्छ तर, त्यतातर्फ भने कसैको ध्यान गएको पाईंदैन।

वापको अध्ययन र पहलपश्चात भने थाइल्याण्डका १६० भन्दा बढि हात्ती पर्यटनसम्बन्धित कम्पनीले कुनैपनि प्रकारले हात्तीको शोषण र मनोरञ्जनका लागि प्रचारप्रसार नगर्ने प्रतिवद्धता जनाएका छन। उनीहरुले हात्ती सफारीमा भाग लिन, सफारीको टिकट बेच्न, हात्ती शोजस्ता कुनैपनि कार्यक्रमहरु नगर्ने र प्रचारप्रसार पनि नगर्ने बताएका छन।

प्रसिद्ध बन्यजन्तु अध्येता एवं भेटेनरी डा. जाम स्मिट बर्बाच, जो बिश्व पशु संरक्षण अभियन्ता पनि हुन, उनी भन्छन – ” पर्यटन ब्यवसायको नाममा हात्तीमाथीको क्रूरतम प्रयोग, सवारी र मनोरञ्जन दिनानुदिन बढ्दो रुपमा छ। थाईल्याण्ड, भारत र नेपालका बन्दी बनाईएका हात्तीहरु आफ्नो बथानबाट खोसिएर जिवनभर अमानवीय हर्कतको सिकार भएका छन।”

हात्तीमाथीको क्रूरतम व्यवहार हटाऊने कसरि?

यस सवालमा डा. बर्बाच भन्छन-” हात्तीमाथी हुने यसप्रकारका अमानवीय अभ्यास हटाऊने नै हो भने सबैभन्दा पहिला त बिश्वभरका पर्यटकलाई शिक्षित गर्नु आवश्यक छ। हात्तीमाथी गरिने सबै अमानवीय गतिविधिलाई निस्तेज पार्न केहि कडा कानुन र नियमहरु ल्याउनुपर्नेछ।

हात्तीहरुलाई बन्दी बनाईएको बारे थाइल्याण्ड, लाओस, भारत, श्रीलंका र नेपालमा हात्तीहरुको प्रयोग हुने स्थानहरुमा गई अध्ययन गरिएको थियो। यी देशहरुका २०० स्थानमा सर्वेक्षण गरिएका ३ हजार भन्दाबढि हात्तीहरुमध्ये २ सय जति हात्तीले मात्र आरामपूर्ण जिन्दगी बाँचिरहेका थिए तैपनि ती हात्ती मानव नियंत्रित नै थिए।

सबैभन्दा दयनिय अवस्थामा थाइल्याण्डका हात्ती रहेको पाइएको छ। सन् २०१६ मा थाईल्याण्डमा मात्रै ३ करोडभन्दा बढि पर्यटक भित्रिएका थिए जसमध्ये ४०% पर्यटकले हात्ती सफारी गरि फर्किएका थिए। यसको अर्थ १ करोड ३० लाख पर्यटकले हात्तीको सफारी गरेका थिए।

थाइल्याण्डमा अधिकांश हात्तीलाई पर्यटन उद्योगमा जवर्जस्ती घुसाईने गरेको पाईएको छ। पर्यटन उद्योगकै लागि भनेर हात्तीलाई सानैदेखि जंगलबाट समातेर रत्याऊने गरिन्छ। यसरि रत्याऊँदा उनीहरुमाथी क्रूरतम अमानवीय व्यवहार समेत गरिने गरेको अध्ययनमा उल्लेख छ। हात्तीका `माऊते´ हरुको पारिश्रमिक खासै राम्रो नहुनाले पनि माऊतेले हात्तीलाई सम्हाल्ने तरिकामा पनि फरक परिराखेको हुन्छ।

एशियाका हात्तीहरु प्रकृति संरक्षणका लागी अन्तर्राष्ट्रिय संस्था CITES द्वारा जारी गरिएको लोपोन्मुख प्रजातिको सूचीमा पर्दछन। तर, एशिया र अफ्रिकामा घुम्न आऊने अधिकांश पर्यटकको घुमफिर लिस्टमा हात्ती सफारी नै रहेको हुन्छ। धेरैजसो पर्यटकले हात्ती सफारीलाई मनोरञ्जन र बहादुरीको रुपमा लिने गर्दछन। तर, उनीहरुको मनोरञ्जन र बहादुरीका पछाडी हात्तीमाथी हुने क्रूरतम ब्यवहारलाई बिरलैले मात्र ख्याल गरेका हुन्छन।

यहाँ क्लिक गरि भिडियो हेर्नुहोस

हात्तीहरु मात्र होईन, डल्फिन, बाघ, सिंहलगायत धेरै जंगली जनावर मानव क्रूरताको सिकार बनिराखेका छन। उनीहरुलाई मानिससंग घुलमिल हुनको लागि कडाभन्दा कडा हतकण्डा अपनाईन्छ। यसले गर्दा अधिकांश जनावरको मानशिकतामा अपुरणणिय क्षती पुगिराखेको छ।

(द प्लानेट भ्वाइस बाट)

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९