ब्रेकिङ न्युज:

राष्ट्रियता, प्रजातन्त्र र राष्ट्ररक्षाको सवालमा बिपी कोईराला

Jagaran Post १६ पुष २०७८, शुक्रबार ०७:४७

जागरणपोस्ट –  ४५ बर्षअघि बिपी कोईराला राष्ट्रिय मेलमिलापको नीति सहित ८ बर्ष लामो स्वैच्छिक निर्वासनलाई तोड्दै नेपाल फर्किएको दिन ३० डिसेम्बर १९७६ थियो।

३०-डिसेम्बर-१९७६ का दिन भारतको पटनाबाट बिपी कोईराला , गणेशमान सिंह, शैलजा आचार्य, निलाम्वर पन्थी, रामबाबु र खुमबहादुर खड्कालाई लिएर उडेको शाही नेपाली बायुसेवा निगमको विमान विहान साढे ११ बजे काठमाण्डौंमा ओर्लिएको थियो। विमानस्थल बाहिर नै बिपिलाई स्वागत गर्न कृष्णप्रसाद भट्टराई लगायतका धेरै कांग्रेस नेता कार्यकर्ताहरु, उनका समर्थक, आफन्त, शुभचिन्तक, परिवारजन सहित पत्रकारहरु समेत उपस्थित थिए।

उनीहरु सबैलाई विमानस्थलबाट नै गिरफ्तार गरियो। सोही बेलुकी उनीहरुलाई कारबाहीका लागि हिरासतमा लिएको जानकारी त राष्ट्रिय समाचार संस्थाको बुलेटिनबाट जारी गर्यो तर उनीहरुलाई कहाँ राखिएको थियो भन्ने बारे भने कसैलाई पनि जानकारी गराइएको थिएन।

त्यहाँबाट उनीहरुलाई सीधा सुन्दरीजल जेल पुर्याईएको थियो। जहाँ उनीहरुलाई देशद्रोह सहितका ८ वटा मुद्दाहरु लगाइएको थियो। जसमा उनीहरुलाई मृत्युुदण्ड समेत हुन सक्थ्यो। त्यस्तो मुद्दा र मुद्दामा त्यो सम्मको सजाय हुने थाह पाउँदा पाउँदै पनि उनीहरु त्यसबिरुद्ध लड्न तयार भएर आएका थिए। पछि उनीहरुले ती सबै मुद्दामा सफाई समेत पाए।

यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौं र प्रजातन्त्रको सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुनेछौँ, र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्ररक्षाको कुरोलाई उपेक्षा गर्छौँ भने हामी विदेशी तत्वको हतियार बन्नसक्छौँ।

आठवर्ष लामो इन्डिया निर्वासन त्यागेर आफ्ना निकटतम सहयोद्धा, सर्वमान्य नेता गणेशमान सिंहका साथ २०३३ साल पुस १६ गते स्वदेश फर्किदाँ जननायक विश्वेश्वरप्रसाद कोइराला (वि.स.१९७१–२०३९) ले दिएको सन्देशले आज पनि नेपालका राष्ट्रप्रेमी र प्रजातन्त्रवादीहरूलाई जागरुक बनाउँछ ।

भारतले सिक्किम खाएको (२०३१ साल), नयाँ राष्ट्र बांग्लादेशको उदयका लागि भन्दा पनि पाकिस्तान टुक्य्राईदिने भारतीय नियतका साथ उसले गरेको सैनिक तथा आर्थिक सहयोग, अफगानिस्तानमा तत्कालीन सोभियत संघले चर्काएको शासकीय अस्थिरता, सत्तापलट र आखिर अफगानिस्तानमा १ लाख सेनासहित सोभियत संघको उपस्थिति र कठपुतली राष्ट्रपति बर्बाराक कर्मालको संरक्षण, ईरानमा राजतन्त्रको उन्मूलन र धर्मान्ध खुमेनीको उदयजस्ता घटनाहरूले विश्वभरि नै साना राष्ट्रहरूको अस्तित्व र अमनचैनको सवाल उठिरहेको अवस्थामा बीपी तथा गणेशमान ‘राष्ट्र पहिलो’ भनी राष्ट्र जोगाउने लक्षले निर्वासन त्यागेर स्वदेश फर्किएका थिए।

बीपी कोईराला का परम् शुभेच्छुक सुवर्ण शम्शेरलगायत भारतीय मित्रहरू (सर्वोदय नेता) जयप्रकाश नारायण, चन्द्र शेखर, कर्पुरी ठाकुर आदि सबैले स्वदेश फर्किनु साह्रै ठूलो खतरा भन्दै नेपाल नजान सल्लाह दिईरहेका थिए । स्वयं गणेशमान पनि “यस्तो बेलामा नेपाल जानु कालको मुखमा पर्नु, हिन्दुस्थानमै बस्नु मन्दविष पिउनु हो” भन्ने धारणामा थिए।

आखिर बीपीले आफूमाथि फाँसीको फन्दाका रुपमा झुण्डिरहेका ८ वटा गम्भीर मुद्दालाई सिँढी बनाएर, पुसको पहारिलो अपरान्हमा पटनाबाट विमानमा काठमाडौँ ओर्लिए । उनले राजनेताउचित राष्ट्रप्रतिको जिम्मेवारी, उदात्त भावना र साहस देखाए; सारा दुनिया आश्चर्यले चकित भयो । त्यो बेला सबैको ध्यान र चर्चा यही घटनाबाहेक अन्यत्र देखिँदैनथ्यो । नेपालको राजनीतिक इतिहासमा बीपीको देशभक्तिपूर्ण कदम स्वर्णाक्षरले अंकित छ ।

उनीहरूलाई कसले के विरोध गर्र्यो अब त्यसको केही अर्थ छैन । त्यो बेलाको पञ्चायती फ्याउरे राष्ट्रवादको पनि महत्व छैन । त्यसपछि राष्ट्रिय राजनीतिले शनैशनै कोल्टे फेर्न थाल्यो र यस्तो अवस्था आयो कि नेताहरू स्वदेश फर्किएको साडेदुई वर्ष पनि नपुग्दै पञ्चायत जनमत संग्रहका लागि जनअदालतको कठघरामा पुग्यो। २०३६ सालम जेठ १० गते राजाले राजनीतिक व्यवस्था रोज्न जनमतसंग्रहको घोषणा गरे।

राष्ट्र जोगाउनका लागि नेतृत्वले मौकामा कसरी साहस देखाउनुपर्छ विषयमा वर्तमान नेतृत्वमा रहेकाहरूलाई यो उदाहरणले प्रेरणा र उर्जा देओस् भन्ने कामनाका साथ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९