ब्रेकिङ न्युज:

एक्सपर्ट एजुकेशन ९ अवार्डसहित सम्मानित

Jagaran Post १८ पुष २०७८, आईतवार ११:१६

रुपन्देही : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ ।

अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हो । एक्सपर्ट ग्रुपले विज्ञप्तीमार्फत सम्मानित भएको जानकारी दिएको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका निर्देशक रोशन कंडेलले विज्ञप्ती जारी गर्दै आफ्नो मिहिनेतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरुमार्फत  प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताए ।

एक्सपर्टले टोरेन्स युनिभर्सिटी : प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटी : लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसप्रकारका अवार्डहरुले आफूहरूलाई निरन्तर हौसला प्रदान गरेको विज्ञप्तीमा जनाइएको छ । यसले आफुहरुलाई थप जिम्मेवार बनाएको उल्लेख गरिएको छ ।

‘विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरी यस सफलताको हकदार बनाइदिनुहुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९