काठमाडौं : कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारी रहेका छन् ।
उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका-१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
उनीहरू सवार से ३ प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।