आकरा , घाना – अमेरिका जाने भनी लगभग ३५ लाख डुबाएर मानव तस्करको चुङ्गलमा फसी उपचार गर्दा गर्दै गत नोभेम्बर २७ मा घानामा मृत्य भएका रुकुमका रुपक बोहोराको शब भोलि सोमबार बिहान कतार एअरबेज बाट काठमाडौं पुग्दैछ ।
उनको शव त्यहाबाट रुकुम बाफिकोट स्थित उनको घरमा लागि अन्तिम दाहसंस्कार गरिनेछ ।
आकरा बिमानस्थलमा बिरामी भै इमिरेट्स एयरलाइन्सले अलपत्र छोडी एयरपोर्टभित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त रुपमा रहेको थाहा पाए पछि एनआरएनए घानाले उनको औषधि उपचारको समन्वय आकारा शहरको सुबिधा सम्पन्न रिज अस्पतालमा गराएको थियो । तर उनी बाँच्न भने सकेनन्।
उनको उपचार र शब फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष विकास सुवेदी , दिनेश पाण्डेय , कृष्ण निरौला लगाएत पदाधिकारीहरुले समन्वय गरेका थिए । त्यसै गरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए ।
उनको शव काठमाडौं पुगेपछि रुकुम सम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तर्राष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समितीका पुर्व कोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना , एनआरएनए अफ्रिका राहत कोष , एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्नुहुने तारक केसी लगाएत रुपकका परिवारजनलाई हार्दिक आभार ब्यक्त गरेका छन ।