ब्रेकिङ न्युज:

अन्याय मुलुकमा हुन नदिनु, निञा निसाप विगार्न्या भन्याको घुस दिन्या र घुस खान्या हुन – पृथ्वीनारायण शाह

Jagaran Post २७ पुष २०७८, मंगलवार १०:३८

सन्दर्भ ; राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्ती (२०७८) पृथ्वीनारायण शाह प्रति समर्पित ।

चन्द्रमणि गौतम –   नेपाल एकीकरणको ७२ वर्ष लामो क्रममा पृथ्वीनारायण शाह (वि.स. १७९९–१८३१) ५२ वर्ष उमेरमा बिते । उनले सोचेजस्तो शासन लागु गरेर त्यसका परिणाम र प्रभाव देख्ने मौका पाएनन् । तर उनले जे प्रारम्भ गरे आजको नेपाल उनकै भिजन हो । विपन्न गोर्खाका राजा पृथ्वीनारायणका पिता नरभूपाल शाह, बाइसी–चौबिसी राज्य मिलाउने र गोर्खा राज्य फराकिलो बनाउने त भन्नेगर्थे, तर सुझबुझ र दूरदर्शी बुद्धि थिएन, बौलठ्ठी र महत्वोन्माद (Megalomania) रहेछ । आफ्नो महात्वाकांक्षा पूरा गर्न नसकी उनी बिते। २० वर्षको उमेरमा पृथ्वीनारायण शाह गद्दीनसीन भएपछि आमाहरूले उनलाई बाबुको अधुरो इच्छा पूरा गर्न सल्लाह दिए ।

उनको युगमा छरपस्ट पहाडी राज्यहरू पाँच राज्य–समुहमा विभक्त थिए— (१) ‘तीन शहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेश र सेराफेरो, पाल्पा तथा लमजुङ् अन्तर्गतका चौबीस राज्यको समूह, (३) कर्णाली क्षेत्रको हुम्ला–जुम्ला राज्य अन्तर्गतका बाइसे राज्य समूह, (४) पूर्वको कोशी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रुपमा रहेका एघारवटा रजौटा समुह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्नेगरेका छन्, र (५) सुगौलीको सन्धीपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यस अन्तर्गतका राज्यसमुह ।

राणाशासनमा पृथ्वीनारायण शाह को दिब्य उपदेशमाथि प्रतिबन्ध लगाइएको थियो । कारण थियो, तत्कालीन इष्ट इन्डिया कम्पनीलाई नेपालभित्र छिर्न नदिनु, उसको लगानी र व्यापार चल्न नदिनु, बृटिश औपनिवेशिक शासनका बिरुद्ध रणनीति, व्युहरचना र आलोचनात्मक दृष्टिकोण दिव्यउपदेशमा हुनु नै हो । त्यसैले नेपाली कागजका १० पेजमा रहेको दिव्यउपदेशको प्रथम प्रकाशन दार्जिलिङ्मा छपाईएको थियो ।

पृथ्वीनारायण शाहले राज्य एकीकरण र राष्ट्रनिर्माणको काममात्र होइन, एकीकृत नेपालको पहिलो प्रशासनिक संगठनको श्रीगणेश वि.स. १८२५ मा गरे । नेपाल एकीकरणको प्रारम्भिक चरणमै प्रशासनिक व्यवस्था मिलाउन ‘चौतरिया’, ‘मुख्तियार’,‘भारदार’, ‘बडाकाजी’,‘काजी’, ‘खरिदार’, ‘मीरमुन्सी’, ‘सरदार’, ‘खजाञ्ची’,‘कपरदार’, ‘टक्सारी’,‘धर्माधिकारी’, ‘बिचारी’,‘डिठ्ठा’, ‘वकील’,‘कप्तान’, ‘सुब्बा’,‘अमाली’, ‘उमराव’,‘कटवाल’, ‘द्वारे’,‘जेठाबुढा’ आदि आधिकारिक पद सिर्जना गरिए ।

बि.सं. १८३१ को मंसिर मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । सम्भवतः निमोनिया भयो होला । नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सातबजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले दिएको ‘दिब्य उपदेश’ चारजना भारदारहरूले टिपेका थिए । हामीले पढेको दिव्यउपदेश उनका भारदार शिवराम सिंह बस्नेतका छोरा अभिमान सिंह बस्न्यातले टिपेका र उनैको सन्तान स्व. बखतमान सिंह बस्न्यातको घरमा सुरक्षित रहेको पुरातात्व विभागद्वारा प्रमाणित एउटामात्रै हो, इतिहासकार प्रा. डा. राजेश गौतमको यस्तै भनाई छ।

 

पृथ्वीनारायणबारे कम्युनिष्टहरूले गर्ने दुष्प्रचार हेर्दा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले उनीबारे लेखेका विचारलाई पनि लत्याएको देखियो, “…..इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरूको वीचमा संघर्ष थियो । यस्ता संघर्षहरू अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ् द एजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील वर्गले समर्थन गरे, त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्वहरूले समर्थन गरे….” (‘पुष्पलाल : छानिएका रचनाहरू, भाग १, पृ. १५६–१५९) ।

‘गणतन्त्र’ का यी दिनमा पृथ्वी जयन्ती (पुस २७) मा पहिले दिँदैआएको विदा हटाइयो । सो विदा फेरि सुचारु गर्ने हिम्मत कुनै सरकारले गर्न नसक्नु उदेकलाग्दो र रहस्यमय छ । पृथ्वी जयन्तीको विदा कटाएर आजसम्म गल्ती नसच्याएको सरकारलाई कसरी राष्ट्रिय स्वाभिमान बोकेको राष्ट्रप्रेमी सरकार भन्ने ? यिनीहरू विदेशीको गुलाम र तावेदार भएको प्रमाणित परिसूचक होईन र यो !

दिब्य उपदेश दिनुका विभिन्न कारण देखिन्छन् भनी इतिहासकार प्रा.डा. राजेश गौतम लेख्छन्

“बज्रनाथ पण्डित, मैजूरानी (ललितपुरका भूतपूर्व मन्त्री वीरनरसिंहकी छोरी र प्रतापसिंह शाहकी उपरानी) र स्वरुपसिंह मिली अगोर्खाली एउटा राजनैतिक गूट तयार हुनु।…..पृथ्वीनारायण उक्त गूटदेखि सावधान थिए…..।” गौतमका अनुसार पृथ्वीनारायणको आक्रमणबाट पराजीत भक्तपुरका राजा रणजीत मल्लका मठ्याहा छोरा अवधूत सिंह, मोरङ्गका राजा कर्णसेन आदि कतिपय राज्यका राजाहरू अँग्रेजको सहयोगमा आफ्नो गुमेको राज्य फिर्ता लिने दाउमा थिए। अवधूत सिंह त बनारसमा बिटिशहरूको आश्रयमा बसेका थिए । अँग्रेजी माल बेच्न उद्यत ब्यापारीहरूप्रति पनि उनी सावधान थिए ।

दिव्य उपदेशका उल्लेखनीय बुँदा :

–“कपरा बन्न जान्या लाई नमना देषाई सधाउनुर बन्न लाउनु र यस्व भया नगद विदेस जादैन…..”
–“अदालथ का पैसा दरबारभित्र नहालनु. फकीर फकिडा अतित जोगि सन्न्यासि ब्राम्हणहरु इनैलाई दछिना भोर्जन चलाईदिनु….”
–“षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानी चलाउनु….”
–“देसका महाजनलाई गोडप्रसाहदेषी उभ आउन नदिनु. देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिञां कंगाल गरि छाड्दछन्…..”
–“यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ. षेलषाल मात्रै रहेछ. कुपको पानि षान्याछेउ बुधिपनी हुदैन. सुरो पनि हुदैन. षेलषालमात्रै रहेछ…”

–“मेरा साना दुषले आज्र्याको मुलुक होइन. सबै जातको फुलबारिहो. सबैलाई चेतना भया. यो फुलबारि छोटा बडा चारै जात छतिसै वर्नलेयो असिल हिन्दुस्थानाहो. आफ्नो कुलाधर्म नछोड्नु….”
–“आफ्ना स्वषसयले लाई ता सास्त्र वमोजिम् को तिनैसहर नेपाल को नेवारहरुको नाच झिकाई हेर्या पनि हुन्छ. ईनमाता दियाको पनि आफ्नै देसमा रहन्छ. यस्व भया आफ्नु देस गमन् रहन्छ…।”

twitter.com @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९