ब्रेकिङ न्युज:

राजनीतिमा महिला – सौन्दर्यताको प्रयोग, सेक्स अनि हत्या !

Jagaran Post २७ पुष २०७८, मंगलवार १७:०३
Bijay Gyawali
            बिजय ज्ञवाली

सन् २०११ मा राजस्थानको जोधपुरमा देशैभर हलचल मच्चाईदिने यौटा यौनकाण्ड अनि हत्याको केस सार्वजनिक भएको थियो जुन केस १० बर्षपछिमात्र साम्य भएको छ। यहाँ यसै आलेखमार्फत राजनीतिमा महिला, प्रयोग, तिरस्कार, हत्या तथा महिला सहभागिता एवं संघर्षका बारेमा चर्चा गरिनेछ।

पुरै राज्य सरकार नै धरापमा पारिदिएको उक्त सेक्स अनि हत्याकाण्ड यौटि महिलाको तिव्र राजनैतिक महत्त्वाकांक्षा र उनीसंग जोडिएर आएको शोषण अनि हत्यासंग सम्बन्धित थियो, जसलाई बहुचर्चित भांवरी देवी हत्याकाण्डको नामले जानिन्छ।

एक सामान्य परिवारकी भांवरीदेवी स्थानीय सरकारी अस्पतालमा सहायक नर्सको पदमा कार्यरत थिईन। आफ्नो यौवन र सौन्दर्यताका कारण उनलाई आफ्नो पेसा मन परिरहेको थिएन। राजस्थानी फिल्म जगतमा नाम र दाम कमाऊने उद्देश्यले उनले जागिरभन्दा धेरै सूटिङ्ग र मोडलिङ्गतिर ब्यस्त हुन थालिन। जागिर नियमित नआएको भन्दै अस्पताल प्रशासनले उनलाई बर्खास्त गरिदियो। तर, स्थानिय बिधायक मलखान सिंह र मन्त्री महिपाल मदरेणाको हस्तक्षेपपछि उन पुन: पदमा बहाली भईन।

भांवरीदेवी यौन अनि हत्याकाण्डको खेलको शुरुवात अब यहाँबाट शुरु हुन्छ। एक सामान्य परिवारकी युवती जसलाई आफ्नो उग्र महत्त्वाकांक्षा र सौन्दर्यताले मात्र डुबाएन अपितु उनी त्यहिं उग्र महत्त्वाकांक्षा र सौन्दर्यताको कारण बारम्बार स्थानिय नेता/ मन्त्रीहरुको यौनचाहना पूरा गर्ने साधन बन्न पनि बाध्य भईन। जब नेताहरुको स्वार्थ बाझियो- तब उनले संसारबाट नै बिदा लिनुपर्यो।

                              भांवरीदेवी

आफ्नो गुमेको पदबहालीपछि निरन्तर तिनै नेताको नजिक रहेकी भांवरीदेवीलाई अब ग्ल्यामरको दुनियाँमा भन्दा पनि राजनीतिको केन्द्रमा पुग्ने तिव्र महत्त्वाकांक्षा जागेर आयो। उनलाई अब राजनितिको नशाले गाँज्दै लग्यो। चुनाव लड्नको लागि टिकट माग्न थालिन। तर, उनले टिकट पाऊन सकिनन। टिकट पाऊन नसकेको झोंकमा तिनै नेताहरुलाई धम्क्याऊन एवं ब्ल्याकमेल गर्न थालिन। अन्तत: त्यहिं धम्क्याई र ब्ल्याकमेलिङ्ग उनको जिवनकै लागि सबैभन्दा महंगो सावित हुनपुग्यो।

भांवरीदेवीले बारम्बार धम्क्याऊन र ब्ल्याकमेलिङ गर्न लागेपछि ती दुबैजना नेताले उनीसंग टाढिने फैसला गरे। तर, यसैबिच यौटा सिडी भाईरल भयो जसको कारण प्रदेशमा मात्र होईन देशैभरको राजनीतिमा भुईंचालो आयो। खासमा उक्त सिडी बनाऊने आईडिया उनै बिधायक मलखान सिंहकी पत्नीको थियो। उनैले भांवरीदेवीलाई महिपाल मदरेणासंगको यौनकाण्डको सिडी बनाएर उनको राजनैतिक प्रतिष्ठा ध्वस्त बनाएमात्र उसको स्थानमा भांवरीदेवीलाई चुनावको टिकट दिलाऊने आश्वासनसंगैको षड्यन्त्र थियो। भांवरीदेवीलाई यो आईडिया मन पर्यो। उनले पनि चुनावको टिकट पाऊनको लागी बुनिएको षड्यन्त्रअनुरुप नै यौनकाण्डको सिडी बनाईन। अन्तत: उसै षड्यन्त्रको जालोमा भांवरीदेवी बनिन र ज्यान नै गुमाऊन पुगिन।

उसै सिडीको आडमा भांवरीदेवीले प्रदेश सरकार ढालिदिने चेतावनी दिंदै आईन। यतिमात्र होईन, उक्त सिडिको कारणले गर्दा यी दुई नेताबिचमा दुस्मनी बढेर गयो। खासमा उक्त सिडी राज्यका जल संसाधन मन्त्री महिपाल मदरेणा र भावंरीदेवीको यौनलिलाको बारेमा थियो। यसैका कारण तत्कालिन मूख्यमन्त्री अशोक गेहलोतले मन्त्रीलाई बर्खास्त गरे।

मन्त्री बर्खास्त भएको केहिसमयपछि भांवरीदेवी बेपत्ता भईन। भांवरीदेवीका पति अमरचन्दले जल संसाधन मन्त्री महिपाल मदरेणाके भांवरीदेवीको अपहरण गरेको आरोप लगाए। सिबिआई जाँचको क्रममा भांवरीदेवी अपहरण तथा हत्या केसमा तिनै मन्त्री र बिधायक अनि उनका नजिकका मान्छे सामेल भएको आरोपसहित गिरफ्तार गरियो। सबैजना भारतीय कांग्रेस पार्टिसंग आवद्ध थिए।

यो शिर्षकको लेखमा भांवरीदेवी अपहरण अनि हत्याकाण्डको उदाहरण किन जोडियो भने पितृसत्तात्मक सोंच र ब्यवस्थाले जकडिएको दक्षिण एशियाको राजनीतिमात्र होईन, हरेक क्षेत्रमा महिलाको प्रयोग, शोषण र हत्या कसरि गरिंदोरहेछ र महिलालाई कामुकता, सौन्दर्यता, मनोरंजन र यौन तृष्णाको मात्र साधन ठान्ने समाजले कुन हदसम्म कसरि प्रयोग गरि छाडिदिंदो रहेछ त भन्ने यौटा ज्वलन्त उदाहरणस्वरुप यो प्रसंग जोडिएको हो। यसैपनि राजनीतिमा महिलाको प्रयोग र महिलासम्बन्धि काण्डहरु भारतमा अत्याधिक सार्वजनिक हुनेगर्दछन। भारतपछि बंगलादेश, पाकिस्तानमा समेत राजनीतिको आडमा महिलाको प्रयोग र हत्याका केसहरु बेलाबखत सार्वजनिक भैरहन्छन। तर, यौटा सुखद संयोग नै मान्नुपर्ला सार्वजनिक हुननसकेका घटनाबाहेक नेपालमा राजनीतिको आडमा महिलाको प्रयोग, शोषण र हत्याकाण्डका केसहरु सुनिनमा आएका छैनन।

यसो भन्दैमा नेपालको राजनीतिमा महिला को प्रयोग र शोषण नभएकै भने भन्ने पनि होईन। चुनाव जित्न या सत्ताको कुर्सी पाऊनकै लागि महिलालाई मोहरा बनाईएका कतिपय दृष्टान्त पनि छन। जुन भारतमाजस्तो सार्वजनिकरुपमा काण्डका रुपमा बाहिर आएका छैनन।

यद्यपि राजनीतिका अलावा अन्य सार्वजनिक तथा निजि संस्थाहरुमा कार्यरत महिलामाथी गरिने दलन, छेंडछाड, प्रस्ताव, लोभ, धम्कीहरुका बारेमा नेपालमा पनि धेरै केसहरु सार्वजनिक भएका छन। अझ पछिल्लो समय ग्याङ्गरेप, एसिड आक्रमण, हातपात, तिरस्कार, गालीबेईज्जेती, घरेलु हिंसाजस्ता घटना देशैभरबाट दिनहुँ सार्वजनिक हुँदै आईरहेका छन।

राजनीतिमा महिलाको भूमिकाको आवश्यकता र चर्चा सदैव हुनेगर्दछ। यसै कुरालाई मध्यनजर गर्दै पछिल्लोपटक नेपालमा पनि राजनीतिदेखि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको लागि संविधानमै सुनिश्चित एवं सुरक्षित गरिएको छ। आरक्षणको ब्यवस्था गरिएको छ, तर पूर्णरुपमा कार्वान्यन एवं सुधार भने हुनसकेको छैन।

राजनीतिमा महिलाको भूमिका कहिले पर्दापछाडी रहिआएको छ त कहिले पर्दाअंघाढि नै। नेपालमा पनि पछिल्लोपटक धेरै महिलाले राज्यसत्ताको उपयोग गरिसकेका छन। देशको सर्वोच्च पदमा बिराजमान भैसकेका छन र पनि महिलालाई अझैपनि बस्तुझैं उपयोग गरिंदै राजनीतिलाई प्रभावित गरिंदै आईएको छ।

रामायणमा कैकेयीले आफ्नो छोरा भरतलाई गद्दीमा बसाल्न र सम्पूर्ण शक्ति भरतको हातमा कब्जा जमाऊन भनि रामलाई १४ बर्ष बनवास पठाईन। अर्कातर्फ शूर्पणखाले रावणलाई सीता हरण गर्न बाध्य पारिन। यिनै दुई महिलाको भूमीकामाथी नै सम्पूर्ण रामायण घुमेको देखिन्छ।

महाभारतमा राजा शांतनुले जब निषाद कन्या सत्यवतीसंग बिबाह गर्न चाहे तब उनीमाथी एक शर्त लाग्यो- सत्यवतीबाट जन्मेको सन्तान नै राजा हुनुपर्नेछ भन्ने। उनको शर्तसंग हारेका राजाका कारण भीष्म आजिवन ब्रह्मचारी बस्नुपरेको थियो। गान्धारीलाई दाजु धृतराष्ट्रकि पत्नी हुँदाहुँदै पनि गद्दीको उत्तराधिकारी देवरको छोरा युधिष्ठिर हुनेछ भन्ने रिसले जलाईरह्यो। त्यसैले महिला शक्तिको प्रयोग कहाँ र कसरि हुनेगर्दछ भन्ने दृष्टान्त माथीको उदाहरणले पनि दिने गर्दछ। जसलाई राजनीति भन्ने गरिन्छ।

धेरै महिलाहरुले नेपालको राजनीति एवं प्रशासनिक क्षेत्रनस कुशल नेतृत्त्वको उपमा पनि पाएका छन भने कतिपय महिलाले अवसर प्राप्त गर्दा बदनामी कमाएका उदाहरणहरु पनि धेरै छन। अझ पछिल्लोपटक सत्तादेखि लिएर राज्यका हरेक निकायमा नेतृत्त्वदायी गरेका महिला जति कुशल ठरिएका छन उति नै बदनाम पनि कमाऊँदै गएका छन- कारण बदनियत र लोभी मानशिकताके गर्दा। उनीहरु पनि राज्यको सम्पत्ति दोहनको मामला र घूसखोरी, भ्रष्टाचारमा पुरुषबराबर प्रतिष्पर्धा गर्दैछन। यसको अर्थ राज्यकोषबाट लूट, घूस र अनियमितता कोहि कसैबाट कतै पनि हुनुहुन्न भन्नेमा हो।

(जाँदाजाँदै २५ फाल्गुण २०७६ मा संगिता दाहालद्वारा इतिहासमा महिला शिर्षकमा नागरिक दैनिकमा प्रकाशित लेखको केहि अंश यहाँ पस्किनु मुनाशिव लागेकोले सो लेखका केहि अंशहरु यहाँ प्रस्तुत छन। जसले गर्दा नेपाली इतिहासमा महिला आन्दोलन, शासनसत्ता संचालन देखि राजनीति प्रशासनिक क्षेत्रमा महिला सक्रियता र सहभागीताका बारे जान्नबुझ्न मद्दत मिल्नेछ।)

मध्यकालीन नेपालमा पनि भारतका नान्य देव कर्णाटकबाट आएर बाराको सिम्रौनगढमा तिरुहत (डोय) राज्य स्थापना गर्छन्। यस वंशले लगभग २ सय २७ वर्षसम्म राज्य गर्छ। जुन राज्यलाई वि.सं. १३८१ मा दिल्लीका बादशाह गयासुद्धिन तुगलकले आक्रमण गर्छन्। तत्कालीन राजा हरिसिंह देव भाग्छन्। उनको मृत्यु भाग्दाकै अवस्थामा सिन्धुलीमा भयो भनिन्छ। उनै हरिसिंह देवकी रानी देवलदेवी र छोरा जगत्सिंहलाई तत्कालीन भक्तपुरका मल्ल राजा रुद्र मल्लले शरण दिन्छन्। यिनै देवलदेवीले रुद्र मल्लको निधनपश्चात् ४० वर्षसम्म एकछत्र राज्य सञ्चालन गरेकी थिइन्। यसै घटनामा आधारित भएर साहित्यकार भीम कोइरालाले ‘महारानी देवलदेवी’ उपन्यास लेखेका छन्।

गंगादेवी, लालमती, ऋद्धिलक्ष्मी, योगमतीको पनि राजनीतिमा शीर्ष स्थान थियो। पृथ्वीनारायण शाहको मृत्युपश्चात् राजा भएका प्रतापसिंह शाहको गद्दीमा बसेको २ वर्ष १० महिनामै मृत्यु हुन्छ। अढाई वर्षका छोरा रणबहादुरको नायबी भएकी राजेन्द्रलक्ष्मी पति वियोगको शोकबाट ग्रस्त  भएर बसिनन्। ससुराको एकीकरण अभियान जारी राखिन्। उनकै नेतृत्वमा तनहुँ, लमजुङ, कास्कीजस्ता शक्तिशाली चौबीसी राज्य नेपालमा मिलाइन्। त्यस्तै सुवर्णप्रभा, ललिता त्रिपुरासुन्दरीले पनि नायबी चलाएका थिए। त्रिपुरासुन्दरीले राजधर्म नामक पुस्तक पनि लेखेकी छन्।

राणा प्रधानमन्त्री चन्द्रशमशेरकी कान्छी रानी बालकुमारीको अध्यक्षतामा दिव्या कोराला सचिव भएको महिला समिति गठन भएको थियो। बिपी कोइरालाकी आमा दिव्याको आग्रहमा खोलिएको भनिएको समिति ६ महिनाभन्दा बढी टिक्न सकेन। तर नेपाली महिलाको इतिहासमा एउटा कोसेढुंगा थियो त्यो। त्यस्तै बिपीका पिता कृष्णप्रसाद कोइरालाको पहलमा महिला समिति स्थापना भएको थियो।

२००७ सालको क्रान्तिमा मुक्ति सेनामा भाग लिने महिला पनि थिए। अहिले मुक्ति सेनासँग सम्बद्ध धनकुमारी गिरी, शुकवती सुब्बा, जमुना राई, रेणु सुब्बा, इन्दिरा कुमारी सुब्बाको इतिहास कांग्रेस आफैले सम्झन सकेको छैन। हरेक आन्दोलनको नेतृत्व आफूले गरेको दम्भ र अहम्मा रमाउने कांग्रेसले आफ्नै इतिहास खोतल्न सकेको छैन। मुक्ति सेनालाई सहयोग पुर्याऊनेहरुमा माया गिरी, रत्नदेवी कर्माचार्य, रुक्मिणी श्रेष्ठ, लक्ष्मीदेवी कर्माचार्य, कमलादेवी कर्माचार्य, दुर्गादेवी कर्माचार्य आदि थिए।

कुनै बेला त्यस्तै सशस्त्र संघर्ष गर्ने निर्णय गरेको नेपाली कांग्रेसका लागि हतियार जुटाउने काममा एक्ली शैलजा आचार्य खटेकी थिइन्। त्यस क्षणको सम्झना गर्दै उनले लेखेकी पनि छन्– ‘हतियार संकलन गर्ने सबैभन्दा सजिला व्यक्ति भनेका डाका नै थिए। त्यसैले उनीहरूका माध्यमबाट हतियार संकलन गरेर नेपाल भित्र्याउने काम गर्न थाल्यौं। भारतमा संकलन गरेको हतियार बोर्डर हुँदै नेपाल ल्याउन म खटिएकी थिएँ। उनीहरू जता–जता जान्थे, म पनि सँगसँगै हिँड्नुपर्थ्यो। एक त केटी मान्छे, त्यसमा पनि हतियार संकलन गर्ने डाकाहरूसँग हिँड्नुपर्ने, चानचुने काम त होइन नि ! तैपनि ममा त्यो साहस र आँट कसरी पो आयो ! मलाई केटीजस्तो नदेखियोस् भनेर मैले केटाको जस्तै छोटो कपाल काटेकी थिएँ। केटाको जस्तै जिन्स पाइन्ट लगाउँथे। त्यसैले म उनीहरूसँग हिँड्दा कसैले पनि केटा हो कि केटी हो भनेर छुट्याउन सक्दैनथिए। जीवनको उत्तरार्धमा आचार्यका लागि कांग्रेस आफ्नो होइन, बिरानो बनेको थियो।

twitter.com @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९