ब्रेकिङ न्युज:

देशभरमा एकैदिन आठ जना मृत अवस्थामा भेटिए

Jagaran Post २८ पुष २०७८, बुधबार २१:१३

काठमाण्डौ – काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत अवस्थामा भेटिएका छन । गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी (पूर्व), मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन। तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनी मृत भेटिएका हुन् । मङ्गलबार मिस्त्री काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी पनि मृत भेटिएका थिए।

यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ – रासस 

Twitter.com @jagaranpost

 

 

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९