ब्रेकिङ न्युज:

सुंगुरको मुटु प्रत्यारोपण गरिएका ब्याक्तिको स्वास्थ्य सुधारोन्मुख

Jagaran Post २८ पुष २०७८, बुधबार २२:०७

एजेन्सी – अमेरिकाको मेरिल्याण्डमा सुंगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको स्वास्थ्य अवस्था सुधार हुनेक्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ। बिश्वमा पहिलोपटक मानिसलाई सुंगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

५७ वर्षीय डेभिड बेनेटले गत जनवरी ७ मा मेरील्याण्डको बाल्टिमोरमा मानव शरीरमा स्वीकृतिको सम्भावना बढाउन आनुवंशिक रूपमा परिमार्जन गरिएको सुंगुरको मुटुको प्रत्यारोपण गरी शल्यक्रिया गरेका थिए।

प्रत्यारोपण पछि डेभिड बेनेटलाई उनको नयाँ मुटुलाई सहयोग गर्न मुटु-फोक्सोमा यन्त्र जडान गरिएको थियो। युनिभर्सिटी अफ मेरील्याण्ड स्कूल अफ मेडिसिनका प्रवक्ता डेबोराह कोट्जका अनुसार उनलाई गत मंगलबार यन्त्रबाट निकालिएको थियो।

“यो प्रक्रिया अझै अर्को केही हप्ताको लागि हुनेछ,” डा. कोट्जले आफ्नो ट्विटरमा उल्लेख गरेका छन।

५७ वर्षीय बेनेटले गत शुक्रबार युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टर(मेरिल्याण्ड बिश्वबिद्यालय चिकित्सा केन्द्र )मा सुंगुरको मुटुलाई प्रयोगात्मक रुपमा प्रत्यारोपण गरेका थिए। उनको जीवन बचाउने अन्तिम प्रयासको रूपमा चिकित्सकहरूले उनलाई आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु लगाई दिएका थिए ।

बेनेटलाई हृदयघात भए पछि उनको अनियमित मुटुको धड्कनको कारण उनलाई मानव हृदय प्रत्यारोपणमा मुटुमा पम्प गर्न असम्भव भएको थियो।

प्रत्यारोपणका लागि दान गरिएका मानव अंगको अभावका कारण वैज्ञानिकहरूले जनावरको अंगलाई कसरी प्रयोग गर्ने भनेर पत्ता लगाउनेबारे खोजिरहेका बेला उनको लागी प्रयोगात्मक रुपमा सुँगुरको मुटु लिईएको हो जसलाई आनुवंशिक रूपमा परिमार्जन गरिएको थियो ताकि यसको अंगहरूलाई मानव शरीरले अस्वीकार गर्ने सम्भावना कम हुन्छ – चिकित्सकहरुले बताएका छन् ।

अमेरिकी खाद्य र औषधि प्रशासन (एफडिए) जसले त्यस्ता प्रयोगहरूको निरीक्षण गर्दछ र शल्यक्रियालाई अनुमति दिने गर्दछ।आपतकालीन अवस्थामा जब जीवन खतरनाक अवस्थामा पुग्छ, त्योबेला बिरामीसँग अन्य विकल्पहरू हुँदैनन भनि समाचार संस्था  डब्लुटिपीले जनाएको छ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९