ब्रेकिङ न्युज:

सन्दिपले लिए एकै ओभरमा २ विकेट

Jagaran Post २९ पुष २०७८, बिहीबार १४:३५

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिहीबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्।

बिहीबार सिड्नी थन्डरविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २६ रन खर्चिए। ८ बल डट फ्याँकेका सन्दीपले ३ चौका दिए।
खेलमा सन्दीप आबद्ध हरिकेन्स ९ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ६ विकेटको क्षतिमा १७७ रन जोड्यो।

हरिकेन्सका लागि कप्तान म्याथ्यु वेडले नटआउट ८३ रन जोडे। उनले ५४ बलमा ८ चौका र २ छक्का हिर्काए।

१७८ रनको लक्ष्य पछ्याएको सिड्नीले २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन जोड्यो। सिड्नीका लागि एलेक्स हल्सले ३८ रन जोडे।
सन्दीपले सिड्नीका होल्टलाई १७ रन र नाथन म्याकएन्ड्रियूलाई ३० रनमा आउट गरे। दुवैलाई उनले १८ ओभरको पहिलो र चौथो बलमा आउट गरेका थिए।

जारी लिगमा हरिकेन्स १२ खेलमा २४ अंक जोडेर चौथो स्थानमा छ।

सन्दीपले १२ खेल नै खेल्दा १२ विकेट लिएका छन्। सन्दीप १२ मध्ये पाँच खेलमा विकेटविहीन बनेका छन्।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९