ब्रेकिङ न्युज:

महिला मन्त्रीका श्रीमानलाई `मन्त्रो´ भनौं

Jagaran Post ३० पुष २०७८, शुक्रबार १८:०१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी हुन् ।

कोशका प्रा. नीलमणि ढुङ्गानाद्वारा तयार पारिएको हो । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ शताब्दी पुरुष सत्यमोहन जोशीसमेत उपस्थित समारोहमा मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीका पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि महिला मन्त्रीको पतिलाई मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पनामात्र गर्न नहुनेसमेत उनले बताइन् । उक्त शब्दकोशबारे चर्चा गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कोशमा सिंगो नेपाली समाज, वैदिक परम्परा, वर्तमान परिवेशलाई समेटको बताए । इतिहासविद् प्रा. दिनेशराज पन्तले संस्कृत वाङ्मय र नेपाली वाङ्मयको भेदलाई शब्दकोशले प्रष्ट पारेको बताए ।

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समयदेखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् ।

त्यसैगरी ‘साझा बालसाहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

दुवै पुरस्कारको राशि जनही १५–१५ हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार रुपैयाँ राशिको ‘गरिमा सम्मान’ बद्री भिखारी, अभय श्रेष्ठ, उषा शेरचन र प्रा. राजेन्द्र सुवेदी (मरणोपरान्त)लाई प्रदान गरिएको छ । सम्मानितमध्ये कवि अभय श्रेष्ठले ‘साझा प्रकाशन धरासाही भएकाले पुनःजीवन पाउनु पर्छ’ भन्दै पुरस्कार राशि साझाका अध्यक्ष डा. विजय सुब्बालाई फिर्ता गरे।

जागरण न्यूज नेटवर्क

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९