नेपालको साइबर ब्यूरो – नाममात्रको ब्यूरो, क्षमता भने जिरो !

Jagaran Post ३ माघ २०७८, सोमबार २०:०१

बिजय ज्ञवाली-  “सूचना प्रविधिको द्रुतर विकास र बढ्दो प्रयोगसंगै अपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ-नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीहरुको सामना गरी वर्तमान र आगामी दिनमा प्रविधिको प्रयोग भई घट्न सक्ने अपराधहरुको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरुलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५/०२/२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्यूरोको स्थापना भएको हो । तत्काल प्रहरी महानिरीक्षकद्वारा साइबर ब्यूरो कार्य संचालन कार्यादेश – २०७५ जारी भई कार्य संचालन हुँदै आएकोमा मिति २०७७/०६/१९ गते नेपाल राजपत्रमा प्रहरी नियमावली २०७१ को आठौं संशोधन भई साइबर ब्यूरो सम्बन्धी ब्यवस्था भएको हुँदा सोही बमोजिम कार्य संचालन हुँदै आएको छ।” भनेर नेपाल प्रहरीकै आधिकारिक वेवसाईटमा उल्लेख छ।

केहि महिना पहिला मनोरोग बिशेषज्ञ खिमा रिजाल, जसको मनोरोगसम्बन्धी क्लिनिक अनामनगरमा रहेको छ, उनको फेसबुक आईडी ह्याक भयो। लेखन र सामाजिक सचेतनामा मात्र हैन अध्यापनमा समेत उत्तिकै दखल राखेकी खिमाको फेसबुक साथीहरुमा त्यहिं स्तरकै र बिचार मिल्नेगरिका साथीभाई र आफन्ती थिए।

नवलपरासी जन्मिएर हाल हाल काठमाडौलाई कार्यक्षेत्र बनाएकी खिमालाई तुरुन्त फोन कल आयो – म्याम, हजुरको फेसबुक आईडी ह्याक भएको हो र? मेरोमा त यस्तो अश्लिल म्यासेज पो आयो त !

त्यसरि आफ्नी गुरुमालाई सचेत गराऊने तिनै कक्षा १० कि बालिका थिईन, जसलाई कुनैसमय खिमाले नवलपरासीमैं पढाएकी थिईन।

ती बालिकाको पहिलो सूचनावाट सतर्क भएकी खिमाले आफ्नो फेसबुक लगइन गर्न खोजिन त आफ्नो अकाऊन्ट नै भेटिनन। लगत्तै धेरै ठाऊँबाट उनको आईडीबाट अश्लिल म्यासेज आऊन शुरु गरेको जानकारी पाऊँदै गईन। आफ्ना प्रोफेसरहरुले समेत यस्तो भयो तपाईंको आईडीबाट भन्दै फोन गरेको भनेर भन्दछिन।

धेरै ठाऊँबाट फोन कल र सन्देशहरु आऊन थालेपछि अन्तत: भयभित मुद्रामा खिमा नेपाल प्रहरीको शरणमा परिन। नेपाल प्रहरीले साईवर ब्यूरोमा निवेदन दिन भन्यो। खिमाले साईवर ब्यूरोमा समेत निवेदन दिईन। साईवर ब्यूरोबाट बन्द भयो भनेर भनिएको आईडी फेरि ऐले संचालनमा छ। खिमालाई सबैको प्रष्टिकरण दिंदा दिंदै हैरान छ।

“यो देशमा मुक्तिको लागि लड्नु नै मेरो सबैभन्दा ठूलो गल्ती हो बिजयजी।” आक्रोशपूर्ण भावमा खिमा भन्छिन।

उबेला परिवर्तन गरौंला भनेर लडियो ज्यानको बाजि लगाएर। आफूले ज्यानको बाजि लगाएर ल्याएको परिवर्तन देख्दा आफैले आफैलाई धिक्कर्न मन लाग्दछ- खिमाले आक्रोश ब्यक्त गर्दछिन।

हुन पनि नेपाल साइबर ब्यूरो ले बन्द गरिदियौं भनेको आईडी ऐले फेरि संचालनमा आएर सबैलाई अश्लिल म्यासेज पुन: जान थालेको छ। त्यस्तै खालको म्यासेज मलाई पनि आएर मैले एकपटक रामेश्वरी पन्तलाई सम्पर्क गरेर खिमा रिजालको आईडी ह्याक भए/ नभएको बारेमा बुझ्न लगाएको थिएँ। किनकी रामेश्वरी पन्त र खिमा रिजालबिच नजिकको सम्बन्ध थियो।
रामेश्वरी पन्तले हो, ह्याक भएको हो- साईवर ब्यूरोले पनि सल्टाऊन सकेन भनेर भनेपछि मैले सोझै खिमा रिजाललाई सम्पर्क गर्न खोजें। सम्पर्क पनि भयो।

बिजयजी, मलाई त्यो आईडीको बारेमा सोध्दै नसोध्नुहोस। जति तनाव पाऊन थियो, पाएं। अब त त्यो आईडी सम्झिन पनि चाहन्न। एक हप्तासम्म यति तनाव दियो, झण्डै डिप्रेसनमा पुगिसकेकी थिएँ म त्यो आईडीको कारण।

कतिजनालाई स्पष्टीकरण दिएर हिंड्नु? ह्या, बुझ्नेले बुझ्छन, नबुझ्नेलाई अब मैले बुझाऊन सक्तिन। कति टेन्सन लिनु ह्याक भएको आईडीको बारेमा? नेपालको साइवर ब्यूरोले सल्टाऊन सकेन। मैले के सकौंली। धिक्कार छ, यिनै ब्यूरोमा काम गर्नेले पनि हामीले तिरेकै करबाट तलव बुझ्छन।

यौटा ह्याक गरेर अश्लिल म्यासेज पठाऊँदै हिंडेको फेसबुक आईडीसमेत बन्द गर्न नसक्ने नेपाल प्रहरीअन्तर्गतको साईवर ब्यूरोमाथी खिमाले पोखेको घृणा जायज नै हो। शिक्षित र कठोर महिला भएकै कारणले पनि होला, अनेकन जिवनसंघर्ष सहेर आएकी खिमाले यस्ता टेन्सनको पछि नलाग्ने बताऊँदछिन। तर, उनलाई परेको टर्चर र तनाव अन्य कुनै सामान्य महिलामा परिदिएको भए जिन्दगी दुर्घटनाउन्मुख जाने निश्चित नै थियो।

खासमा शुरुमा भनिएझैं प्रविधिको प्रयोगसंगै यससंग सम्बन्धित अपराध नियन्त्रण गर्ने हेतुले नै नेपाल प्रहरी मातहतमा रहने गरि साइबर ब्यूरोको स्थापना गरिएको हो। प्रविधिको जटिलतासंगै संगिन प्रकारका अपराध सल्टाऊने दायित्त्व पनि नेपाल प्रहरीसहित यो मातहत स्थापना भएको साईबर ब्यूरोको हो।

तर, कुनै नागरिक साइबर दुरुपयोगसम्बन्धि उजुरी लिएर साइबर प्रहरीसम्म पुग्छ र उसै संस्थाले सकिएन भन्यो भने के हुन्छ?

यौटा समान्य नागरिकको ह्याक भएको फेसबुक आईडी त बन्द गर्न नसक्ने नेपालको साईबर ब्यूरोले देशका महत्त्वपूर्ण एवं संवेदनशील वेवसाईट र समग्र बैंकिङ्ग प्रणाली नै ह्याक गरेर ध्वस्त बनायो भने के हेरेर बस्ने? जवाफ छ नेपाल प्रहरी? नेपाल साईवर ब्यूरो?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८