जागरण न्यूज नेटवर्क – गर्भमा बच्चा रहेको ३ महिनापछि यदि हामीले गर्भपतन गराईयो भने त्यो मानवताका नाममा क्रूर अपराध हुने बैज्ञानिकहरुको निष्कर्ष छ।
गर्भमा रहेको ३ महिनापछि बाट नै बच्चाले हरेक पिडाको महसुस गर्ने गरेको नयाँ तथ्य बैज्ञानिकहरुले सार्वजनिक गरेका छन।
यसका साथै ३ हप्ता पुगेदेखि नियमित प्रसवमा पुग्दाको अवस्थासम्मका हरेक अफ्ठ्यारा र पीडा बच्चाहरुले महसुस गर्ने बताईएको छ।
अनुसन्धानमा नियमित प्रसवबाहेक बिचमा आकस्मिक गर्भपतन हुँदा या गराऊँदा बच्चाले असह्य कष्ट बेहोर्नुपर्ने बैज्ञानिकले दाबी गरेका छन।
- ७ महिनाको समेत गर्भपतन गराईदिने यी कस्ती नर्स?
- गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्नु गैरकानूनी हुँदाहुँदै पनि महिलामा भने अनौठो क्रेज
- गर्भपतनलाई कानुनी मान्यता दिनु ठिक हो, तर जथाभावी गर्भपतन गराउनु हुँदैन
हालसम्म भ्रुणले पीडा महसुस गर्न नसक्ने बताईंदै आईएता पनि ३ महिनापछि गर्भमा हुर्किंदै गरेको भ्रुणले पनि पीडा महसुस गर्नसक्ने बैज्ञानिकको निष्कर्ष रहेको छ।
प्रो. च्वाइस फोरम, बेलायतका सल्लाहाकर एवं प्रोफेसर स्टुअर्ट डर्बीशायरका अनुसार गर्भपतन गराऊन चाहने महिलालाई पेटमा हुर्कीराखेको भ्रुणको संवेदनाको बारेमा सोधिंदैन र भ्रुणले भोग्नुपर्ने कष्टलाई मानविय संवेदनासंग जोडिंदैन।
जसको परिणामस्वरुप गर्भपतनको यो भयाभह अवस्था सृजना भएको हो। मानविय संवेदनाविरुद्धको एक अपराध गर्भपतनलाई पनि लिन सकिन्छ- जहाँ पेटमा हुर्किराखेको बच्चाको पिडालाई नजरअन्दाज गरिन्छ।
पेटको बच्चालाई धारिलो हतियारले एक एक गरेर काट्दा या टुक्र्याऊँदा उसले अनुभव गर्ने असह्य पिडालाई हामी किन महसुस गर्न सक्तैनौं? उनको प्रश्न थियो।