यमनको जेलमा भिषण हवाई हमला, १०० भन्दा बढि कैदिको मृत्यु

Jagaran Post ७ माघ २०७८, शुक्रबार २१:३०

एजेन्सी – यमनी जेलमा भएको हवाई हमला हुदा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन्।

रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाई हमला हुंुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र  २०० भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन्।

यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएकाले मृतक सङ्ख्या थप बढ्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ।

सादा सहरमा रहेका दुई अस्पतालमा कम्तीमा १०० भन्दा बढीको मृत्यु भएको वा घाइते भएको भन्ने प्रारम्भिक सूचना आईसीआरसीले प्राप्त गरेको अस्पतालको तथ्याङ्कलाई उद्धृत गर्दै प्रवक्ता उमरले उल्लेख गरे।

घाइते तथा मृतकको सङ्ख्या प्रारम्भिक सूचनामा जनाइएभन्दा निकै धेरै हुनसक्ने घटनास्थलबाट सामाजिक सञ्जालमा सम्प्रेषित तस्बीरहरूबाट अनुमान गर्न सकिने उनले बताए।

इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बीरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका भयानक दृश्यहरू देखिएका छन्। आक्रमणपछि यमनभर इन्टरनेट सेवासमेत अवरूद्ध भएको छ।

सादाको अस्पतालले जेलको आक्रमणमा लगभग २०० जना घाइते भएका अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी घटनापछि आएका घाइते तथा मृत शरीर देखेर विचलित बन्ने अवस्था आएको भन्दै आफूले थप प्रतिक्रिया दिन कठिन भएको उपचारमा सम्लग्न एक चिकित्सकले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८