आफ्नो माहुतेलाई हात्तीले श्रद्धाञ्जली दिंदैगरेको भावुक भिडियो भाईरल (भिडियोसहित)

Jagaran Post ८ माघ २०७८, शनिबार ०२:२०

एजेन्सी –  हात्तीहरु लामो समयदेखि मानिसहरुको भावनात्मक गतिविधिमा समेत संलग्न रहिआएका छन। हात्तीहरु मानिसको भावनासंग कतिधेरै नजिक हुंदारहेछन त भन्ने यौटा ज्वलन्त दृष्य भारतको केरला राज्यमा घटेको घटनाले पनि पुष्टि गर्दछ। हात्तीले आफ्नो माहुतेलाई दिंदैगरेको श्रद्धाञ्जली भिडियो यतिखेर सामाजिक संजालमा भाईरल बनेर गएको छ।

 

पदनाम गरेको माहुते जसले उक्त हात्तीलाई खुवै हेरबिचार एवं स्याहार सम्भार गर्ने गर्दथ्यो, उसै हात्तीले गत जनवरी ३ तारिखका दिन मृत्यु भएको आफ्नो माहुतेलाई भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेको हो।

केरलाको कोट्टनायम जिल्लामा घटेको यसप्रकारको घटनाले सबैलाई स्तब्ध बनाएको छ। क्यान्सरका कारण मृत्यु भएको आफ्नो माहुतेलाई श्रद्धाञ्जली दिन हात्ती शव भएतर्फ गयो, जहाँ माहुतेको अन्तिम संस्कारको तयारी भैरहेको थियो।

ब्रह्मनन्द नाम गरेको हात्तीले चीरनिद्रामा रहेको आफ्नो माहुतेलाई छुन आफ्नो सुंढको प्रयोग गरिरहेको थियो। सुँढको माध्यम आफ्नो माहुतेको शरिरभरि स्पर्श गर्यो र दुईकदम पछि हटि सबैतर्फ फर्किएर बिदा लिने अनुमतिसहित फर्किएको दृश्यले सबैलाई विह्वल बनाएको थियो।

यो पनि पढ्नुहोस् –

हात्तीमाथी सबैभन्दा क्रूरतम व्यवहार थाइल्याण्डमा

वापको अध्ययनले थाईल्याण्डमा हात्तीहरुलाई तीन मिटरभन्दा सानो साङ्लोले बाँधेर राख्ने गरेको बताएको छ। हात्तीहरुलाई घण्टौंसम्म रुखको फेंदमा उंभ्याएर मानव मनोरञ्जनको लागि प्रतिक्षारत बनाईएको हुन्छ। मानिसहरुका होहल्लाका कारण हात्तीहरुलाई नराम्रोसंग असर परिराखेको हुन्छ तर, त्यतातर्फ भने कसैको ध्यान गएको पाईंदैन।

वापको अध्ययन र पहलपश्चात भने थाइल्याण्डका १६० भन्दा बढि हात्ती पर्यटनसम्बन्धित कम्पनीले कुनैपनि प्रकारले हात्तीको शोषण र मनोरञ्जनका लागि प्रचारप्रसार नगर्ने प्रतिवद्धता जनाएका छन। उनीहरुले हात्ती सफारीमा भाग लिन, सफारीको टिकट बेच्न, हात्ती शोजस्ता कुनैपनि कार्यक्रमहरु नगर्ने र प्रचारप्रसार पनि नगर्ने बताएका छन।

प्रसिद्ध बन्यजन्तु अध्येता एवं भेटेनरी डा. जाम स्मिट बर्बाच, जो बिश्व पशु संरक्षण अभियन्ता पनि हुन, उनी भन्छन – ” पर्यटन ब्यवसायको नाममा हात्तीमाथीको क्रूरतम प्रयोग, सवारी र मनोरञ्जन दिनानुदिन बढ्दो रुपमा छ। थाईल्याण्ड, भारत र नेपालका बन्दी बनाईएका हात्तीहरु आफ्नो बथानबाट खोसिएर जिवनभर अमानवीय हर्कतको सिकार भएका छन।”

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८