रोल्स रोयसको ब्याट्रीबाट उड्ने बिमानले राख्यो विश्व किर्तिमान

Jagaran Post ८ माघ २०७८, शनिबार ०३:२९

लण्डन –  बिश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी रोल्स रोयसले ब्याट्रीबाट उड्ने बिमानको सफल परिक्षण गरेको छ।

रोल्स रोयसको यो परिक्षणसंगै उक्त कम्पनीले उत्पादन गरेको ब्याट्रीबाट उड्ने बिमान बिश्वकै सबैभन्दा छिटो विद्युतीय सवारी साधन बन्न पनि सफल भएको छ।

रोल्स रोयसको स्पिरिट अफ इनोभेसन इलेक्ट्रिक बिमानको आधिकारिक रुपमा गतिको रेकर्ड मापन गरिएपछि यस बिमानलाई बिश्वकै सबैभन्दा छिटो गति लिने इलेक्ट्रिक बिमानको दर्जा प्राप्त भएको हो।

ब्याट्रीबाट उड्ने यो बिमानले ३४५ माइल (अर्थात ५५५ किमी) प्रतिघण्टाको उडान भरेको थियो। यसअंघिका दुई दुई रेकर्ड तोडेको फेडेरेशन एरोनाटिकले इन्टरनेशनलले समेत यो बिमानलाई सबैभन्दा तिव्र उड्ने बिमानको रुपमा पुष्टि गरिसकेको छ।

परिक्षणमा संलग्न अधिकारीहरुले २०२ सेकेण्डमा ३ हजार मिटरको आरोहणको रेकर्ड कायम गरेर यो बिमानले अंघिल्ला सबै रेकर्ड तोडेको प्रमाणित गरेका छन।

एक सिटमात्र रहेको उक्त बिमानका पाइलट फिल ओडेलले यसप्रकारको अभूतपूर्व सफलता मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण अवसर भएको बताएका छन।

रोल्स रोयसका प्रमुख कार्यकारी अधिकृत वारेन ईस्टले आफूले उत्पादन गरेको इलेक्ट्रिक बिमानले विश्व रेकर्ड कायम गर्न सफल भएकोमा यसलाई उत्कृष्ट उपलब्धिको रुपमा ब्याखा गरेका छन। उनले अंघि भनेका छन – ” हाम्रो यस योजनाको लागि उन्नत ब्याट्री र प्रोपल्सन टेक्नोलोजीमा आधारित उन्नत प्रकारको एयर मोबिलिटिको रोमान्चकरुपमा प्रयोग गरिएको थियो। यो सफलता हाम्रोलागी एक कोसेढुंगा सावित भएको छ।”

यसरि उत्पादन गरिएको बिमानमा ४०० किलोवाटको मोटर जडान गरिएको थियो जसलाई उड्डयनमा प्रयोग हुने सबैभन्दा उत्कृष्ट पावर घनत्त्वको रुपमा लिईन्छ।

उड्ने साधनमा ब्याट्रीको प्रयोगमा आईपर्ने मूख्य समस्या भनेको ब्याट्रीको तौल नै हो। बिमानमा जडान गरिएको ब्याट्रीको तौल ७०० केजी छ भने एयरफ्रेम ३०० केजीको। तरपनि यसप्रकारको रेकर्डले विद्युतीय साधनको उडानको सुखद सम्भावनालाई दर्शाउदछ र यस्ता साधनलाई दैनिक जिवनको हिस्सा बनाऊन सकिनेछ – कम्पनीका आर्थिक सल्लाहकार क्वासी क्वार्टेङले भनेका छन।

करिब ६ मिलियन युरोमा निर्माण गरिएको यसप्रकारको बिमान उत्पादनमा सरकारले भने आधा बजेट अनुदानमा दिएको थियो। रोल्स रोयसले अंघि सिमेन्स एयरक्राफ्टले सन् २०१७ मा बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो – याहू फाइनान्स बाट।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८