- आमाले नै मेटाईदिईन बलात्कारका सबै प्रमाण
- अनि बदलामा मागिन बलात्कारीहरुसंग १३,७५० पाऊण्ड
कजाकिस्तान : कजाकिस्तानमा यौटि १७ बर्षिया किशोरीलाई १७ जनाद्वारा बारम्बार सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। पिडित किशोरीले घटनाको बारेमा प्रहरीमा खबर गरेता पनि अभियुक्तहरु भने पक्राऊ पर्न सकिराखेका छैनन। यधपी प्रहरीले अपराधीको पहिचान भने भैसकेको जनाएको छ।
दक्षिणी कजाकिस्तानको नूरसुल्तान शहरमा घटेको यस घटनाले मान्छेलाई शर्मसार बनाईदिएको छ। बजारबाट घर फर्किंदै गरेकी ती किशोरीलाई यौटा ट्याक्सी ड्राईभरले अपहरण गरि नदि किनारमा लगेर सामुहिक बलात्कार गरेका थिए।
सुन्दा नै असह्य पीडा महसुस हुने यस घटनामा संलग्न १७ जना बलात्कारीहरुले ती किशोरीमाथी बारम्बार सामुहिक बलात्कार गरेका थिए। तर, बिडम्वना के भने अपराधीको पहिचान भैसकेको बताएको प्रहरीले ती अपराधीहरुलाई पक्रेर कठोर कानुनी सजाँय भने दिन आनाकानी गरिरहेको छ। प्रहरीको यसप्रकारको हर्कतले गर्दा पिडित किशोरीले आफूमाथी सामुहिक बलात्कार गर्ने अपराधीलाई पक्रेर हदैसम्मको कारवाही गर्न र आफूलाई न्याय दिलाऊन सार्वजनिक रुपमा अपिल गर्नुपरेको छ।
द सन को रिपोर्टअनुसार दक्षिणी कजाकिस्तानमा बस्तै आएकी ती किशोरीमाथी गत मे महिनामा सामुहिक बलात्कार भएको थियो। “एकजना ट्याक्सी ड्राईवरले आफूलाई अपहरण गरेर नदि किनारामा लगेको थियो र त्यहाँ कयौं ब्याक्तिले आफूमाथी निर्मम सामुहिक बलात्कार गरेका थिए। नदि किनारामा सामुहिक बलात्कारपश्चात् ती अपराधीहरुले मलाई यौटा घरमा लगेर राखे अनि सबै १७ जनाले ४ दिनसम्म बारम्बार सामुहिक बलात्कार गर्दै आए।”
- भारतको विहारमा १२ वर्षिया नेपाली चेलीलाई ११ जनाले गरे सामुहिक बलात्कारपछि हत्या
- न्याय नपाएपछि एक बलात्कृत किशोरीले गरिन आत्महत्या
- तरवारको डरमा टिप्पर चालककी श्रीमती र सालीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ दुई फरार
पिडिताको बयानअनुसार ट्याक्सी ड्राईभरले आफूलाई पिऊने पानीमा नशालु पदार्थ मिसाएर पिऊन दिएको र पानी पिएपश्चात आफू बेहोस भएको बताएकी छिन। जब होस खुल्यो तब आफूलाई नदि किनारमा नाङ्गो अवस्थामा पाएँ। मेरा वरिपरि कयौं मान्छे देखिन्थे। म होसमा आएपछि तिनिहरुले मलाई पालैपालो बलात्कार गर्न लागे। म निरीह बन्दै ती राक्षसहरुबाट पल पल लुटिईरहें। त्यसपछि मलाई एक घरमा लिएर गए। घरमा ४ दिनसम्म सामुहिक बलात्कारपश्चात अन्त्यमा कसैलाई नभन्न र प्रहरीमा उजुरी नगर्न भन्दै धम्की दिएर छाडिदिए।
उनीहरुले आफूमाथी गरेको यसप्रकारको क्रूर हर्कतको मुकावला गर्दा उल्टै उनीहरुले कुटपिट गर्दै बलात्कार गर्दै गरेको पिडित किशोरीले बताएकी छिन। ४ दिनसम्मको क्रूरतम प्रताडनापश्चात ती राक्षसहरुको चंगुलबाट निस्किएकी पिडित किशोरी प्रहरीकोमा उजुरी गर्न गईन, प्रहरीले १७ जना आरोपीको पहिचान गरेता पनि उनीहरुलाई नपक्रेको भन्दै पिडित किशोरीले सार्वजनिक रुपमैं न्यायको अपिल गरेकी छिन।
किन पक्रेन त प्रहरीले अपराधी?
यस घटनामा प्रहरीको भनाई भने आश्चर्यमा पार्नेखालको छ। स्थानिय प्रहरी अधिकारीका अनुसार सबै आरोपीलाई निगरानीमा राखिएको र उनीहरुलाई शहर छोडेर बाहिर नजान चेतावनीसमेत दिईएको छ। तर, कसैलाई पनि गिरफ्तार गरिएको छैन।
प्रहरीका अनुसार किशोरी बलत्कृत भएको प्रमाण उनैकी आमाले मेटाएकी छिन जसले गर्दा अनुसन्धानमा बाधा पुगेको छ। पिडित किशोरीकी आमाले घटना हुँदाबखत छोरीले लगाएको कपडा जलाईदिएकी छिन भने बलात्कारीहरुसंग उनले १३ हजार ७५० पाऊण्डको माग गरेको घटना सार्वजनिक भएकाले पनि उनीहरुको गिरफ्तारीमा अवरोध उत्पन्न भएको हो।