नयादिल्ली – भारतमा एकै दिन तीन लाख ३७ हजार सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सहित भारतमा कोरोना संक्रमित संख्या २१ लाख १३ हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ । ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक कोरोना संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ ।
- भारतमा कोरोना भाइरसको तेस्रो लहर : मास्क नलगाउनेलाई जरिबाना
- कोरोनाको खोप लगाउँदा रगत जम्ने समस्या के कारणले उत्पन्न हुन्छ ?
- कहाँ उत्पत्ति भयो कोरोना भाइरस ?
विश्वमा अहिलेसम्म ३४ करोड ७३ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५६ लाख पाँच हजार भन्दा धेरैको ज्यान गैसकेको छ । २७ करोड ६८ लाख भन्दा धेरै निको भएका छन् ।