काठमाडौं – गैरआवासीय नेपाली सङ्घको भाषा,साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले नेपाली साहित्यका प्रवासका शिखर पुरुष स्वर्गीय कृष्णप्रकाश श्रेष्ठको प्रथम पुण्यतिथीको अबसरमा ” सम्झनामा कृष्णप्रकाश श्रेष्ठ ” स्मृति ग्रन्थको एक बिशेष समारोह बिच लोकार्पण गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले कृतिको लोकार्पण गर्दै नेपाली भाषा साहित्यलाई प्रवासमा उन्नयन गर्ने श्रेष्ठ शिखर साहित्यिक ब्याक्तित्व रहेको बताए।
श्रेष्ठले मुनामदन लगाएत दर्जनौ नेपाली साहित्यका कृति रसियन भाषामा अनुबाद गरि प्रकाशन गरेको र त्यसै गरि रसियन भाषाका कृतिहरु नेपालीमा अनुवाद गरेका थिए ।
साठी बर्ष प्रवासमा रहेर नेपाली साहित्यका कृतिहरुक रचना , अनुवाद तथा नेपाली संस्कृति र वाङमयको सेवा गर्ने कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यको इतिहासमा सधै अमर रहने छन , उप्रेतीले भने।
- भानुजयन्तिको दिनलाई एनआरएनएले अन्तर्राष्ट्रिय भाषा दिवसको रुपमा मनाऊने
- अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता सम्पन्न
- एनआरएनए भाषा ,साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो बैठक सम्पन्न
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत उपाध्याय ” प्रेक्षित” ले प्रकाशित कृति माथि बिबेचना गरेका थिए । श्रेष्ठसङ्ग उनको जिवनका बिबिध कालखण्डमा सहकार्य गरेका २७ जना लेखकहरुका रचना उक्त कृतिमा समेटिएका छन ।
कार्यक्रममा एनआरएनए पुर्वअध्यक्ष तथा लेखक जिवा लामिछाने , उपाध्यक्ष डा. बद्री केसी , प्रा. डा. हेमनाथ पौडेल , डा. श्याम उपाध्याय , डा. मनमुर्ती भुर्तेल , तेज प्रकाश श्रेष्ठ , रसियन कवि तात्याना चे , अनेसासका अध्यक्ष प्रकाश पौडेल ” माइला ” बिनेसासका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बू लगाएतद्वारा श्रेष्ठसङ्गका आ आफ्ना सम्झना र उनको ब्याक्तित्व बारे चर्चा गरिएको थियो।
कार्यक्रम कृतिका सम्पादक सुरेन उप्रेतीले संचालन गरेका थिए भने सभापतित्व भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाद्वारा गरिएको थियो।
थापाले कृति प्रकाशनका लागी सहयोग गर्ने श्रेष्ठका परिवार , सबै बिद्द्वत लेखकहरु र बिशेष सहयोग गर्ने जिवा लामिछाने , हरि पौडेल , डा. बद्री केसी , महेश्वर पन्त , बिनेसास रसिया , बिकास बिष्ट , सपिला राजभण्डारी , प्रा. डा. हेमनाथ पौडेल , सुरेन उप्रेती , गोबिन्द प्रसाद गौतम , डा. मनमुर्ती भुर्तेल लगाएतलाई आभार ब्यक्त गरेका छन।
पुस्तकमा स्वर्गीय कृष्णप्रकाश श्रेष्ठ का सम्झनामा केदार वशिष्ठ , गोबिन्द गिरी प्रेरणा , प्रा.डा. गोबिन्दराज भट्टराई , चन्द्रकान्त आचार्य , प्रा. जगत उपाध्याय ” प्रेक्षित” , जिवा लामिछाने , तात्याना चे , तेजप्रकाश श्रेष्ठ , दिनेश अधिकारी, धनराज गिरी , डा. नाज सिंह , डा. नेत्र एटम , नेल्ली पन्तिलेइभ्ना, प्रकाश पौडेल “माइला ” , डा. मधु माधुर्य , डा. मनमुर्ती भुर्तेल , मारिना श्रेष्ठ, डा. मुकुन्द पथिक , राजेन्द्रबहादुर अधिकारी , डा. श्याम उपाध्याय , सुरेन उप्रेती, सुर्य किरण गुरुङ्ग , डा. सुर्यप्रकाश पौड्याल , हिक्मत थापा , हिरण्यलाल श्रेष्ठ र प्रा. डा. हेमनाथ पौडेलका लेख रचना समेटिएका छन ।
त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका शुभकामना सन्देश स्मृती ग्रन्थमा रहेका छन ।