जिल्ला प्रशासन कार्यालय गुल्मीका सबै सेवाहरु ठप्प

Jagaran Post १० माघ २०७८, सोमबार २०:४९

गुल्मी –  कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका सवै सेवा ठप्पपार्ने भएको छ। मंगलवारदेखि लागू हुनेगरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको प्रशासनले विज्ञप्ती मार्फत जानकारी गराएको छ। अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षा र विपत् व्यवस्थापनको सेवा मात्र प्रवाह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरु संक्रमित भएको प्रशासनले जनाएको छ। जरुरी सेवा लिन आउने सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डसहित खोप कार्ड लिएर आउनसमेत कार्यालयले आग्रह गरेको छ। हाल जिल्लामा २ सय ८८ जना संक्रिय संक्रमित छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८