एजेन्सी – बुर्किना फासो का राष्ट्रपति रोच काबोरे पक्राउपछि हिरासतमा परेका छन्। उनलाई त्यहाको सेनाले सोमबार पक्राउपछि हिरासतमा लिएको हो।
सोमबार बिहान राष्ट्रपति निवासनजिकै राष्ट्रपतिका सुरक्षाकर्मीहरुलाई गोली लागेको र उनीहरु रगतमा लतपतिएको अवस्थामा फेला परेको स्थानीय मिडियामा खबर छ। सैन्य कूको प्रयासमा सेनाले उनलाई पक्राउ गरी हिरासतमा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
- बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए
- सुडानसहित १४ मुलुक संयुक्तराष्ट्रसंघको मानवअधिकार परिषदमा निर्वाचित
आइतबार सेनाले बुर्किना फासो को राजधानी ओगाडोगु र राष्ट्रपति निवास आसपास क्षेत्रमा कैयौ राउन्ड हवाई फायर गरेको स्थानिय मिडियामा उल्लेख छ। त्यहाँको सेनाले देशमा सैन्य कूको प्रयास गरिरहेको बताइएको छ।