भ्रष्टाचारमा नेपालको `अग्रगामी छलाङ्ग´ कायमैं, ट्रान्सपरेन्सी भन्छ- नेपाल अत्याधिक भ्रष्टाचार हुने देश

Jagaran Post ११ माघ २०७८, मंगलवार १२:४०

काठमाण्डौट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचांकमा नेपाल भ्रष्टाचार व्याप्त देशको सूचिमा रहेको छ ।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकांकमा नेपाल अंक ३३ प्राप्त गरी ११७ औँ स्थानमा सूचीकृत भएको छ ।

गतवर्ष पनि नेपाल अंक ३३ सहित ११७ औँ स्थानमै थियो । ट्रान्सपरेन्सीले ४० अंकभन्दा तलका मुलुकलाई ‘भ्रष्टाचार व्याप्त’ सूचीमा राख्छ ।

 

 

 

सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता रहेको उल्लेख छ ।

सन् २०२१ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औँ स्थान, माल्दिभ्स ४० अङ्क प्राप्त गरी ८५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरी ८५ औँ स्थान, श्रीलङ्का ३७ अङ्क प्राप्त गरी १०२ औँ स्थान, नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औँ स्थान, पाकिस्तान २८ अङ्क प्राप्त गरी १४० औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४७ औँ स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७४ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४५ अङ्क प्राप्त गरी ६६ औँ स्थानमा रहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८