बिजय ज्ञवाली – तालीवानीसंग हार मानेर अफगानिस्तानबाट अमेरिकी सेना लज्जास्पदरुपमा फिर्ता भएको समय धेरै भएको छैन। तर १० बर्ष हैन जम्मा ३८ मिनेटमा जान्जिवार स्वतन्त्र भएको संक्षिप्त कथा पनि यहाँ समावेश छ।
२०/२० बर्षसम्म अमेरिका अफगानिस्तानमा तालीवानीसंग युद्ध लड्दै आयो। अथाह जनधनको क्षती गरायो, युद्धको लागि खर्च पनि उत्तिकै गर्यो। अन्तमा शानदार रुपमा पछाडी हटेर गयो।
यसभन्दा अंघि सोभियत संघले पनि अफगानिस्तानमा युद्ध लड्यो।
१९७९ देखि १९८९ सम्म सोभियत संघको सेनाले अफगानिस्तान सरकारको तर्फबाट अफगान मुजाहिदीनका बिरुद्ध युद्ध गरेको थियो। तर सोभियत संघ विघटन भएसंगै कमजोर बनेको रुस अन्तत: अफगानिस्तानबाट यसैगरि `शानदार´ रुपमा बाहिरिएको थियो, जसरी अहिले अमेरिका बाहिरिएको छ। यी दुबै युद्धमा दुबैतर्फ निकै नै ठूलो धनजनको क्षती भएको छ अफगानिस्तानमा।
त्यस्तै सन् १९५५ देखि १९७५ सम्म चलेको भियतनाम युद्धमा पनि अमेरिकाले धेरै कुरा गुमाईसकेको थियो। लाखौं नागरिकको ज्यान गएको अमेरिका- भियतनाम युद्धमा अमेरिकाले आफ्नो लज्जास्पद हारलाई लिएर आफ्नो युद्धनीति परिवर्तन त्यतिबेलै गर्न सक्तथ्यो तर रक्तपिपासु अमेरिकाले भियतनाम युद्धबाट कुनै पाठ सिक्न नै चाहेन।
इराक तहसनहस बनायो, ईराकलाई अस्थिर र जर्जर बनाएर आफू पछाडी हट्यो, सिरियामा बमबारी गर्यो, पछाडी हट्यो। अहिले अफगानिस्तानलाई जर्जर बनाएर आफू भने भागेको छ। युद्धपिपासु अमेरिकाको अफगानिस्तान युद्ध अन्तिम भने हुनेछैन।
हामीले युद्धको नाम लिनेबित्तिकै बम बारुद, मेसिनगन, आणविक हतियार, अणुबम प्रहार, रकेट आक्रमण, आधुनिक हतियारले सुसज्जित सेना र अकल्पनीय क्षतीको बारेमा कल्पना गर्दछौं। विश्व इतिहासमा अधिकांश युद्धका दृष्य र परिणाम यस्तै नै देखापर्ने गरेका छन।
तर, विश्व इतिहासमा यौटा यस्तो युद्ध पनि लडिएको छ जुन युद्ध मात्र ३८ मिनेटमा समाप्त भएको थियो। युद्ध शुरु गरेको ३८ मिनेटमैं आक्रमणकारीहरु परास्त हुन पुगेका थिए।
सन् १८९० मा बेलायतले जान्जिवारमाथी आक्रमण गरेको थियो। उसबखत जान्जिवारले बेलायत र जर्मनसंग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। उक्त सम्झौताले जान्जिवारलाई बेलायतको नियन्त्रणमा पुर्याएको थियो। यता तान्जानियाका अधिकांश भुभाग भने जर्मनको नियन्त्रणमा थिए।
उक्त सम्झौतासंगै बेलायतले जान्जिवारको जिम्मा हमद बिन थुवैनीलाई दिएको थियो, थुवैनी आफूले आफूलाई जान्जिवारको सुल्तान घोषणा गरे। जान्जिवारको सत्ता आफ्नो हातमा आएसंगै थुवैनीले जान्जिवारमा ३ बर्षसम्म शाषन चलाए। २५ अगस्त १८९६ मा थुवैनीको मृत्यु भयो। थुवैनीको मृत्युपश्चात जान्जिवारको सत्तामा उनकै भतिज खालिद बिन वर्गसले कब्जा जमाए र आफूले आफैलाई जान्जिवारको सुल्तान घोषणा गरे।
यद्यपि जान्जिवारमा बेलायतको अधिकार त थियो नै, तर थुवैनीको मृत्युपश्चात खालिदले जान्जिवारको सत्ता हत्याएको बेलायतलाई मन परेको थिएन। बेलायतले खालिदलाई सत्ताबाट हट्न दवाव दिएको थियो तर खालिदले कुनै पनि हालतमा सत्ता नछोड्ने बताएका थिए। उनले आफू र आफ्नो दरवारको सुरक्षाको लागि ३ हजारभन्दा बढि सेना तैनात गरेका थिए।
बेलायतले जान्जिवारमाथीको आफ्नो अधिन गुमाऊन चाहँदैनथ्यो। कुनैपनि हालतमा जान्जिवारमाथी कब्जा जमाईरहन चाहन्थ्यो। जसको फलस्वरुप २७ अगस्त १८९६ मा जहाजमा आएका बेलायती नौसेनाले जान्जिवार दरवारमाथी बम हमला गरि उक्त दरवार ध्वस्त बनाईदिए।
दरवार ध्वस्त भएसंगै तत्कालिन जान्जिवारका सुल्तान खालिदले बेलायती नौसेनासमक्ष आत्मसमर्पण गरे। ३८ मिनेटसम्म चलेको उक्त बमबारीमाझ बेलायती नौसेना र जान्जिवारका सुल्तानमाझ एक सम्झौतापत्रमा हस्ताक्षर भयो। उक्त हस्ताक्षरसंगै जान्जिवार पुन: बेलायतको अधिनमा आएको थियो। बेलायती नौसेनाले जान्जिवारमाथी गरेको यहिं ३८ मिनेटको आक्रमणलाई नै विश्व इतिहासमा सबैभन्दा छोंटो युद्धको रुपमा लिने गरिएको छ।