भारतमा ७५औं गणतन्त्र दिवस – कहाँ चुक्यो, कति बढ्यो भारत? (एक विश्लेषण)

Jagaran Post १२ माघ २०७८, बुधबार ०८:३६

जागरण न्यूज नेटवर्क – भारतको ७३औँ गणतन्त्र दिवस का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छिन।

भारत स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरिएकाे छ।

सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गरेका छन।

प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन।

त्यसैगरी परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई भारतको ७३औं गणतन्त्र दिवस का अवसरमा पठाएको सन्देशमा भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएकाे छ।

मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गरेका छन् ।

जनवरी २६ का दिन भारतका संविधान लागू भएको दिनलाई गणतन्त्र दिवस का रूपमा मनाइने गरिन्छ । भारतको गणतान्त्रिक यात्रामा नेतृत्वहरूको कृतित्व, व्यक्तित्व र वक्तृत्वको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । भारतको गणतन्त्रको चर्चा गर्दा सर्वप्रथम पण्डित नेहरुको व्यक्तित्व’boutमा चर्चा गर्न उचित देखिन्छ । नेहरूको व्यक्तित्व’boutमा भारतीय जनता पार्टीका आगमनका साथ विभिन्न टीका टिप्पणी पढ्न पाइन्छ । प्रजातान्त्रिक वातावरणमा मूर्धन्य व्यक्तित्व’boutमा वहस र विमर्श हुनु सकारात्मक कुरा भए तापनि नेहरूको विरोध एउटा भाष्यका रूपमा विकसित भइरहेको छ ।

वास्तवमा भारतलाई प्रजातान्त्रिक लिकमा ल्याउन र चुनावी प्रक्रियाको माध्यमबाट प्रजातन्त्रको गोडमेल गर्ने विराट अभिभारा नेहरुले नै निर्वाह गरेका थिए । सन् १९५२ को प्रथम आम चुनाव गराएर उनले सारा संसारलाई चकित पारेका थिए । भारतको पहिलो आमनिर्वाचन गर्न उनले बेलायतका विश्व विद्यालयबाट स्वर्णपदक प्राप्त गणितज्ञ सुकमार सेनलाई निर्वाचन प्रमुख बनाएका थिए । १७६ मिलिपन भारतवासी लगभग २० वर्षका थिए । ८५ प्रतिशत निरक्षर थिए । भौगोलिक विकटता, निरक्षरता र गरिबीले गर्दा आमचुनाव सम्भव नरहेको कुरा पश्चिमा छापाखानाले सर्वक्षण गरेका थिए ।

नेहरुले यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिँदै चुनावी सभालाई सम्बोधन गर्दै २५ हजार माइलको यात्रा गरेका थिए । १८ हजार माइल हवाई यात्रा, ५ हजार २ सय माइल कारबाट, १ हजार ६ सय रेलबाट र ९० माइल ढुंगाबाट यात्रा गरेर चुनावी लहर जागृत गराएर आमचुनाव सफल गराएर भारतलाई प्रजातान्त्रिक बाटोमा मुखरित गर्ने काम नेहरुले नै गरेका हुन् । नेहरुको अर्को पाटो भारतलाई विज्ञान र प्रविधिको युगमा लग्नु हो । इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजीलाई स्थापना गर्दै विख्यात वैज्ञानिक भावनको सहयोगले सन् १९५४ देखि सन् १९६३ सम्म उनले वैज्ञानिक सोध संस्थान निर्माण गरे । १६ दिने सोभियत यात्रा गरेर आर्थिक रूपान्तरणका लागि प्रथम पञ्चवर्षीय योजना लागू गरे ।

पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति, एसिया, अफ्रिकाको सामिप्यताजस्ता नारा ध्वनित गरेर नेहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको पहिचान बनाएका थिए । नेहरुको जीवनीकार एमजे अकवरले आप्mनो पुस्तकमा नेहरु अन्तर्राष्ट्रिय जगत्मा निकै लोकप्रिय रहेको कुरा जिकिर गरेका छन् । सन् १९५४ मा नेहरु चीन यात्रा गर्दा पेकिङमा १० लाख मान्छे उनको स्वागतका लागि सडकमा उभिएका थिए । यति हुँदाहुँदै पनि सन् १९६२ मा चीनसँग युद्ध हुनु र काश्मिरको मुद्दालाई आपंैm अन्तर्राष्ट्रियकरण गर्नुजस्ता घटनाले नेहरुको व्यक्तित्व प्रश्नको घेरामा आउने गरेको छ । भर्खरै भारतका पूर्व राजदूत निरुपमा रावद्वारा लिखित पुस्तक ‘फ्रायकचर हिमालय’ले सन् १९६२ को युद्धमा भारतीय पक्षको कूटनीतिक कमजोरीलाई रेखांकित गरेको छ ।

नेहरुद्वारा लिखित पुस्तक ‘भारतको खोज,’ ‘आत्मकथा’ विश्व इतिहासको क्षलकले नेहरुको वौद्धिक व्यक्तित्वलाई आलोकित गर्छ । नेहरु उपरान्त बहुतै कम समयमा इतिहासमा अमिट छाप राख्न सक्ने नेता लालबहादुर शास्त्री हुन् । शास्त्री सादगी र इमानदारीको प्रतिमूर्ति थिए । मितव्यताको बिम्बका रूपमा उनले प्रधानमन्त्रीको व्यक्तिगत जीवनशैली र प्रधानमन्त्रीको निवासलाई नै उदाहरण दिएका थिए । ‘जय जवान र जय किसान’का नारा दिएर कृषि र सुरक्षा क्षेत्रमा उनले भारतलाई सबल र समृद्ध बनाए । शास्त्रीले अमेरिकाको भियतनाम नीतिलाई आलोचना गर्दा अमेरिकाले गहुँ निर्यातमा प्रतिबन्ध लगाए । स्वभिमानी राष्ट्रवादको शंखघोष गर्दैै प्रत्येक भारतेलीलाई एक दिन उपवास बस्न आग्रह गर्दै शास्त्रीले प्रधानमन्त्री निवासवाट नै उपवास सुरु गर्दै एउटा राष्ट्रिय संकल्पको राजनीति आरम्भ गरे ।

अर्कोतर्फ कृषिमा आत्म निर्भरताका लागि राष्ट्रिय अभियान सुरु गरे । सन् १९६२ को पराजयबाट आघात भएका जनताको घाउमा मलहम लगाए । शास्त्रीको युगपछि इन्दिराको युग पनि कम रोचक छैन । इन्दिराको जीवनीकार पापुल जायकरले इन्दिराको व्यक्तित्वलाई अन्तरमुखी व्यक्तित्वका रूपमा व्याख्या गरेकी छन् । अर्का जीवनीकार इन्दर मलहोत्राले इन्दिरालाई निडर र दृढ संकल्पित नेताका रूपमा चित्रण गरेका छन् । अन्तर्राष्ट्रिय जगत्मा ७० को दशकमा पाकिस्तानसँग युद्ध गरेर बंगलादेशको धाइआमा बन्न सफल भएकी इन्दिराले एक साथ चीन र अमेरिकालाई चुनौती दिएकी थिइन् । न्युक्लियर परीक्षणगरेर भारतलाई सफल र सबल राष्ट्र बनाउन उनले जमर्को कसेकी थिइन् । तर, भारतमा आपतकालीन समय घोषणा गरेर प्रजातन्त्रका लागि कालो दिन सिर्जना गर्ने इन्दिरा नै थिइन् ।

गणतन्त्र दिवस

तर जेपी आन्दोलनबाट भारत पुनः प्रजातान्त्रिक लिकमा अवतरित भयो । इन्दिरा पनि प्रजातान्त्रिक बाटोको लाभ लिँदै सत्तारोहण गरिन् । इन्दिराको युगपछि भारतलाई विज्ञान र प्रविधिको युगमा लग्ने काम राजीव गान्धीले गरे । बंगालका मुख्यमन्त्री राजीवलाई कटाक्ष गर्दै ‘मिस्टर कम्प्युटर’ भन्ने गर्थे । राजीवले मन्त्रिमण्डलमा युवा टिमलाई अगुवाइ गरे । राजेश प्यालोट, गुलामनवी अजाद, माधव राव शिन्धयाजस्ता युवा नेताले युग नेतृत्व गरे । राजीवको युगपछि भारतको इतिहास सबैभन्दा महत्वपूर्ण युग नरसिंहा रावको युगलाई लिइन्छ । जयराम रमेशले आप्mनो पुस्तकमा नरसिंहालाई ‘चाणक्य’सँग तुलना गरेका छन् । सोभियत विघटन र सोधनान्तरणको समस्याजस्ता चूनौतीलाई अवसरमा बदल्दै ३.५ बाट ८.५ मा आर्थिक विकासलाई फडको मार्नु रावको महारथ देखिन्छ ।

लुक इस्ट पोलिसी’ इजरायलमा दूतावासको थालनी, सेन्ट्रल एसियासँगको सम्बन्ध र आर्थिक खुलापनको आरम्भजस्ता अनेकौं इतिहास निर्माण गरेर भारतलाई आधुनिकीकरणको मार्गमा लग्ने राव नै थिए । राव बौद्धिक रूपमा भारतीय राजनीतिज्ञमध्ये सबैभन्दा अब्बल नेताका रूपमा चिनिन्छन् । उनका पुस्तक ‘इनसाइडर’ले उनका अपार ज्ञान भण्डारलाई उजागर गर्छ । रावपछि डा. मनमोहन सिंहको युग पनि महत्वपूर्ण देखिन्छ । आफ्ना आत्मकथा ‘एक्सिडेन्टल प्राइमिनिस्टर’ मा डा. सिंहले आप्mनो प्रमुख सफलतामध्ये अमेरिकासँग भएको न्युनिलियर सम्झौतालाई नै मानेका छन् । डा. सिंहको अर्जुन दृष्टि नै आर्थिक विकास थियो । निवेसमैत्री वातावरण, पश्चिमा लगानीको खोज र प्रविधिको प्रयोग नै सिंहको लक्ष्य थियो । कांग्रेसको युगपछि इतिहासमा रेखांकित गर्ने सबैभन्दा बढी बाजेपेयीको युगलाई नै लिइन्छ ।

बाजेपेयीले न्युक्लियर परीक्षण गरेपश्चात् अमेरिका चिढिएको थियो । अमेरिकाले भारतलाई आर्थिक नाकाबन्दी गरे तापनि बाजपेयी डगमग भएनन् । बरु वार्ताका लागि आफ्ना अनुभवी नेता जसवन्त सिंहलाई जिम्मा दिई अमेरिकासँगको सम्बन्धलाई यथावत् बनाए । बाजपेयीले लाहोर यात्रा गरेर पाकिस्तानसँग मैत्रीको सम्बन्ध बनाउन कोशिस गरे तापनि पार्लिमेन्ट आक्रामण, कारगिल युद्धजस्ता परिघटनाले भारत पािकस्तानको सम्बन्ध सामान्य हुन सकेन । बाजेपेयीले आन्तरिक विकासमा बढी ध्यान दिए । पूर्वाधार निर्माण बाजपेयीको प्रमुख राष्ट्रिय अभियान थियो । सन् २०१४ पछि मोदीको आगमनका साथ एउटा नयाँ युगको आरम्भ भयो । मोदीले चिनियाँ राष्ट्रपति सीसँग उहानदेखि ममलापुरमसम्म वार्ता गरे तापनि भारत–चीनको सम्बन्ध सामान्य हुन सकेको छैन भने पाकिस्तानसँग पनि कटुतामा कमी भएको छैन ।

तर, मोदी पश्चिमा शक्तिसँगको सामीप्यतालाई उच्च प्राथमिकतामा राखेका छन् । क्वाडको सक्रिय सदस्य हुनु, नयाँ क्वाड (इजरायल, यूएई, अमेरिका र भारत)को सदस्य हुनु, जस्ता कारणहरूले मोदीलाई अन्तर्राष्ट्रिय राजनीतिका महत्वपूर्ण नेताका रूपमा स्वीकार गरेका छन् । कोरनाको करहमा उनले खेलेको भूमिका र भारतले अन्तर्राष्ट्रिय जगत्मा खोपलगायत अन्य सामग्री सहयोगमा खेलेका भूमिकालाई विश्वले उच्च मूल्यांकन गरेका छन् । मोदी युगको सफलता र असफलता अभैm भविष्यको गर्भमा छ ।
प्रस्तुत आलेखको आधारमा प्रत्येक नेतृत्वले भारतलाई विकास र प्रगतिको मार्गमा लग्ने जर्मको गरेको देखिन्छ । भारतका मूर्धन्य विद्वान डा. कर्ण सिंह आफ्नो राज्य सभाको बिदाइ समारोहमा नेहरुदेखि मोदीसम्म भारतले उच्च व्यक्तित्व पाएको जिकिर गरेका छन् । गणतन्त्र दिवस को अवसरमा यो आलेखबाट शुभकामना !

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८