बाल कविता – दिक्क लाग्छ मलाई !

Jagaran Post १६ माघ २०७८, आईतवार १६:५७
         आभाष ज्ञवाली

कस्तो दिन आयो हेर्दा हेर्दै
सिंङ्गो रुख पनि वाङ्गो देखियो रे दिक्क लाग्छ मलाई।

हामीले छानेका नेताहरु
जनताको लागि भन्दा
आफ्नो स्वार्थमा विलिन भए रे ।।
दिक्क लाग्छ मलाइ
मेरो देशका भ्रष्टहरु देख्दा ।।

नातावाद र कृपावादमा
तल्लीन भक्तहरु ।
कु संस्कार र तस्करीमा
लीप्त भएका छन् ।।
ओहो यो देश
भस्टचारमा विलय हुदैछ ।।
वाटो घाटोको चौथाइ वजेट
नेताकोल पेटमा धकेलीएको छ ।।
वनाइएका पुलहरु
तिन महीनामा भत्केका छन् ।
वोल्नेहरु कोहि छैनन् यहा
कु संस्कार र कुरतिमा ।
लिप्त भएका छन् ।

देश छोड्न मन लाग्छ
अतिनै ,
के गरौ ,
सगरमाथाको देश
भनेर नहुदो रहेछ
वुद्धको देश भनेर
के गर्ने,
नेताको वुद्धीमा
संस्कार नआएपछि
धन्य छ
तिमिलाइ
यो मातृभुमी वेचीसक्यौ
अव के पो
रहेछ ।।

दीक्क लाग्छ मलाइ
मेरो देशमा
भ्रष्टचारी सलवलाएको देख्दा
जनताले सोचेका थिए
गाउँ गाउँ मा सरकार
आउछ भनेर ,
तर के गर्नु
सरकार त आयो
संस्कार आएन
भ्रस्टचार मा चुर्लुम्म डुवेको
यो देश गाउँ प्रदेश हुदै
सरकार सम्म
भाषा मिलाएर
सखाप पारिसके मेरो देश ,

ओहो कस्तो देशमा जन्मीएछ
दिक्क लाग्छ मलाइ मेरो
देशका भ्रस्टहरु देख्दा

_________________

कक्षा ७
तानसेन, पाल्पा 

(यो पनि पढ्नुहोस् – बाल कविता : ताराबाजी लै-लै को परिस्कृत स्वरुप)

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८