प्रेम गर्नु ठूलो कुरा हैन, सम्बन्ध निभाउनु ठूलो कुरा हो

Jagaran Post २१ माघ २०७८, शुक्रबार १४:४२

– प्रशान्त ज्ञवाली                                                                     प्रेम गर्नु ठूलो कुरा हैन, सम्बन्ध निभाउनु ठूलो कुरा हो । प्रेम त के नै छ र, बस भैहाल्छ ।

दुई दिन अगाडी चर्चित हास्यकलाकार सन्दिप क्षेत्रीको भनाई सुनेको थिए साह्रै सान्दर्भिक लायो । उनी भन्छन्, ” आदि घन्टा हातमा ढुङ्गा खेलाउनुस्, त्यो ढुङ्गा फ्याक्नेबेला सम्म तपाईंलाई त्यो ढुङ्गासँग प्रेम हुन्छ । प्रेम हुनु ठूलो कुरा हैन, एकअर्काको कुरा बुझ्नु ठूलो कुरा हो ।”

आजभोलिका सम्बन्धहरु, दुई दिन कुराकानी, तेस्रो दिन प्रपोज, चौथो दिन डेटिङ अनि पाचौ दिन ब्रेकअप । यद्यपि सबै सम्बन्धहरु त्यस्तो हुदैनन्, तर आजकाल साथ निभाउने सम्बन्ध भेट्न मरुभुमिमा पानी खोज्नु जस्तै हो । पत्याउनुस नपत्याउनुस, तर आजको बास्तबिकता यहि नै हो ।

घमण्ड, रिस र ईष्र्याले भरिएको यो पुस्तामा सम्बन्ध टुट्न बेर नै लाग्दैन । त भन्दा म के कम भन्ने भावनाले भरिएको यो युगमा खुट्टा भए जुत्ता कति कति भन्नेहरु छ्यापछ्यापी पाइन्छन् । एकअर्काका गुनासोका सुनवाइ, समस्याहरुका बुझाई, समाधानका उपाय निकाल्ने जोडि भेटाउन त उहीँ मरुभूमिमा सुई खोज्नु जस्तै गार्हो छ ।

प्रेम, मेरो बिचारमा प्रेम एउटा पबित्र भावना हो जुन शब्दले बयान गर्न खोज्नु केवल मुर्खता मात्रै हो किनकी भावनालाई शब्दले ब्याख्या गर्नै सकिदैन । प्रेम महशुस गर्ने कुरा हो, बुझ्ने कुरा हो । तर इन्टरनेटको यो द्रुत दुनियाले प्रेमलाई केवल आइ लभ यु र आइ लभ यु टु मा मात्रै सिमित गरायो ।

हामी धेरैले नै राधा र कृष्णको प्रेम कहानी त सुनेकै हौला । हो प्रेम त्यस्तो पो हुनुपर्छ, निस्वार्थ भावनाले भरिएको । दुईदिने स्वार्थले भरिएको प्रेम भन्दा युगौयुग चल्ने प्रेमको चर्चा नै राम्रो नि । अब महादेव र पार्वतीकै प्रेमलाई हेरौ न, चोखो प्रेमको यो भन्दा उत्तम उदाहरण के नै होला र । जसरी महादेवको साथ पार्वतीले निभाउछिन् र पार्वतिको साथ महादेवले निभाउछन्, हो प्रेम त्यस्तो पो हुनुपर्छ । कालकुट विष पिउदा पार्वतीको एउटा स्पर्षले जसरी विष महादेवको घाटीमै रोकिई निलकन्ठ बन्दछन् हो साथी त्यस्तो पो हुनुपर्छ जसले तपाईलाई एउटा नयाँ पहिचान दियोस् ।

आफ्ना सिमित आवश्यकता पुर्ती र यौवनको प्यासले गरिएका प्रेमहरुले प्रेम शब्दलाई नै दुर्गन्धित बनाइरहेका छन् । त्यस्ता जोडिहरुले प्रेमलाई केवल युज एन्ड थ्रो मा मात्रै सिमित बनाए । स्वार्थ प्राप्तिका लागि गरिएको प्रेम प्रेम हैन, त्यो केवल सौदाबाजी मात्रै हो । तर आजकाल निस्वार्थ भावनाले गरिएको प्रेम खोज्न उहीँ अध्यारोमा हराएको सियोलाई लालटिन बालेर खोज्नु जस्तै हो ।

अनि रह्यो परिवारको कुरा, कतिपय चोखा सम्बन्धहरु पनि पारिवारिक समस्याले गर्दा टुट्ने गर्दछन् । नटुटोस पनि किन, हामी आफैले प्रेम शब्दलाई केवल स्वार्थ प्राप्तिको माध्यम बनाई दुर्गन्धित बनाएका छौ त, परिवारले पनि त त्यस्तै बुझिहाल्छ नि हैन र ? तर, तपाइको प्रेम चोखो, निश्चल र स्वार्थरहित छ भने तपाइको परिवारले पनि त्यो कुरा समय आएसी बुझिहाल्छ नि । महत्वपूर्ण छ त केवल साथ निभाउनु ।

मैले अगाडि पनि लेखिसके, प्रेम गर्नु ठूलो कुरा हैन प्रेम बुझ्नु र साथ निभाउनु ठूलो कुरा हो । आफ्ना सिमित स्वार्थ प्राप्तिका लागि प्रेम नगर्नुस । यदि प्रेम गर्नुहुन्छ भने साथ निभाउन पनि सक्ने क्षमता राख्नुस्, धैर्यता गर्ने हिम्मत राख्नुस अनि समस्या बुझ्ने बानी बसाल्नुस । साथी यस्तो रोज्नुहोस् जसले तपाइको शरिरलाई हैन, तपाइको साथलाई महत्व दियोस् । तपाइको लुक्सलाई हैन, तपाइको क्यारिएर/भविस्यलाई महत्व दियोस् । जसले तपाईलाई एउटा नयाँ पहिचान बनाउन साथमा उभियोस्, प्रेम उसलाई गर्नुस ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८