-प्रशान्त ज्ञवाली म नारी,
म जन्मिए पितृसत्तात्मक समाजमा
हुर्किए पितृसत्तात्मक समाजमा
यो नगर त्यो नगर भन्छन्
मेरो काधमा सधै संस्कारको भारी
किनकी म नारी
म नारी,
भान्सामा एक्लै पकाउने पनि मै
जुठा भाडा मोल्ने पनि मै
छ्या यस्तो भन्दै दोष सहने पनि मै
भाइको हातमा किताब र कापी
मेरो काधमा भने सधै घासको भारी
किनकी म नारी
म नारी,
भन्दा त दुर्घाको रुप भन्छन्
तर असुर झै व्यवहार गर्छन्
कहिले दाइजोको निहुमा कुटिन्छु त
कहिले एसिडको बोतलमा चोबिन्छु
मेरो शरिरमा सधै पिरको भारी
किनकी म नारी
म नारी,
एक्लै हिड्न पनि डर लाग्छ
कपडा छोटा भए पनि मै मातिएकी रे
बलात्कृत भए पनि मै मातिएकी रे
कहिले बुढाबाट कुटिन्छु त
कहिले ससुराले गिद्धे नजर लगाउछन्
मेरो शरिरमा सधै वेदनाको भारी
किनकी म नारी