सपना आचार्यको “मलिलो माटो”

Jagaran Post ४ फाल्गुन २०७८, बुधबार २२:३६

प्रशान्त ज्ञवाली, बुटवल : अर्घाखाँची जन्मथलो भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा बसोबास गर्ने युवा साहित्यकार हुन् सपना आचार्य । सानै देखि साहित्य रचनामा चासो राख्ने उनले हिन्दु धर्मका धार्मिक ग्रन्थहरुबाट प्रेरित भई साहित्यिक क्षेत्रमा कलम चलाउन लागेको बताउछिन् ।

उनले भनिन्, “घरमा बेद, श्रीमद्भागवत, गीता, गणेश पुराण जस्ता ग्रन्थ हरु थिए । सानैदेखि त्यता तिर रुचि जान लाग्यो, बिस्तारै बिस्तारै तिनीहरुबाट प्रेरित भई साहित्य तिर रुचि जाग्यो । अहिले त्यसमै आनन्द आउँछ । सानो छदा लघुकथा, कथा पनि सुनिन्थ्यो, सुन्दा सुन्दै लेख्न मन लाग्थ्यो । आफुभन्दा अग्रजहरुका भनाई सुन्थे, तिनी भनाईहरुले पनि प्रेरणा दिन्थे । ”

हाल, युवा साहित्यकार सपना आचार्यको “मलिलो माटो” नामक उपन्यास विमोचनको तयारीमा छ । आफ्नो जिवनको पहिलो उपन्यास भएकाले यो निकै नै विषेश रहेको उनी बताउछिन् । महिला र धर्तिलाई एकआपसमा जोडेर लेखिएको यो साहित्य वर्तमान परिस्थितिमा समयसान्दर्भिक रहेको उनको भनाई छ ।

यसै सन्धर्भमा “के हो मलिलो माटो , यसमा हामीले कस्तो कस्तो विषयवस्तु पाउन सकिन्छ ? ” भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ” मलिलो माटो एउटा उपन्यास हो । यसको मुख्य पात्रका रुपमा मैले एउटा आवाज बिहिन नारीलाई लिएकी छु ।  विषयवस्तुमा ती महिला बोल्न सक्दिनन् । यसको साङ्केतिक अर्थ यो हो कि, हामी नारी आवाज भएर पनि आवाज बिहिन छौ । साथै यसमा मैले नारीलाई धर्ती सँग तुलना गरेकी छु । यस उपन्यासको कभरमा पनि हेर्न सक्नुहुन्छ । कभरमा हेर्दा खेरी पृथ्वी, बाढी, हरियाली, समुन्द्र र हात फैलाएकी नारी, चलायमान विर्यहरु पनि देख्न सकिन्छ । पृथ्वी एउटा धर्ती माता हुन्, यिनले सबै सृष्टि धानेकी हुन्छिन् । यिनले यो नै जगत धरातललाई फसल दिन्छिन् । त्यसैगरी महिलाले पनी अनेकौ पीडा सहेर सृष्टि चलाएकै छिन् । महिलाको कोख पनि त मलिलो माटो नै त हो त्यसैले यस उपन्यासमा मैले महिला र धर्तिलाई जोडेकी छु । ”

सपना आचार्य अहिले आफ्नो जिवनकालको पहिलो उपन्यास “मलिलो माटो” को विमोचन तयारी मै व्यस्त छिन् । उपन्यास प्रकाशित भैसकेको छ भने फागुन ७ मा महानायक राजेस हमालको हातबाट बिमोचन गराउने तयारीमा साहित्यकार आचार्य जुटेकी छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८