पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

Jagaran Post ६ चैत्र २०७८, आईतवार ११:३६

पर्साको ठोरी गाउँपालिका-३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठोरी-३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८