जात र धर्मको राजनीति ले तहसनहस दक्षिणी सुडान को कथा

Jagaran Post ६ चैत्र २०७८, आईतवार १२:१२
bijay
                                                              बिजय ज्ञवाली
  कुनैबेला सेतो हात्तीको दाँत र तेलको विशाल भण्डारणका कारण विश्वमा चिनिएको उत्तर अफ्रिकी मुलुकअन्तर्गतको दक्षिणी सुडान आज आफ्नै अस्तित्त्व रक्षाको खातिर छटपटाईरहेको छ। कुनैपनि मुलुक असफल हुनुमा या टाट पल्टिनुमा उक्त देशको गलत राजनैतिक कार्यदिशा र भ्रष्टाचारलाई नै लिन सकिन्छ। सुडान आज त्यहिं गलत राजनीति र भ्रष्टाचारका कारण बिश्वकै सबैभन्दा गरिब मुलुकको दर्जामा रहेको छ। यतिमात्र होईन, भोकमरी, महामारी, जातीय एवं धार्मिक सम्प्रादायिकता, सामाजिक असुरक्षा, बलात्कार, अशिक्षालगायतका तमाम कहालीलाग्दा समस्यासंगै आज सुडान शक्तिराष्ट्रको क्रिडास्थलसमेत बन्न पुगेको छ।
 २२ फेब्रुअरी २०२० मा सुडानका पूर्व बिद्रोही नेता एवं मूख्य दलित समुदायबाट प्रतिनिधित्व गर्दै आईरहेका रिइक मचरले देशको उपराष्ट्रपति पदमा सपथ लिएका थिए। उनीसंगैं अन्य ३ जनाले पनि उपराष्ट्रपतिमा सपथ लिएका थिए। २०१८ मा भएको शान्ती सम्झौताको डेढ बर्षसम्म दक्षिणी सुडानमा नयाँ सरकार बन्न सकिराखेको थिएन। मचरको सपथग्रहणसंगै सुडानमा बनेको गठबन्धन सरकार पनि आखिरकार धेरै दिनसम्म टिक्न सकेन। गृहयुद्ध अन्त्य गरि सुडानमा शान्ति सम्झौताअन्तर्गत बनेको मिलिजुली सरकारले पनि धेरै दिन खुसी दिन सकेन।
  बिपक्षी समुहलाई समेत सरकारमा सामेल गराऊने उद्देश्यले दक्षिणी सुडानमा फेरि सरकारको हेरफेर गरियो। नयाँ राजनैतिक ढाँचाअनुसार गठन गरिएको सरकारमा ५ उपराष्ट्रपति, ३५ मन्त्री, १० उपमन्त्रीसहित ५५० जनाको संसद बनाईयो। दक्षिणी सुडानमा १० प्रान्तबाट १० जनालाई नै राज्यपाल घोषणा गरियो। यी सबैलाई उचित तवरले पदस्थापन गरि भाग लगाऊँदा पनि उक्त देशको शान्ति सम्झौताको कार्यभार भने पूरा हुन सकेन। शान्ति सम्झौताको मूख्य कडिको रुपमा रहेको बिद्रोही समुहलाई सेनामा समाहित गर्ने मुद्दा झन झन पेचिलो बन्दै गयो।
  सन् २०१३ देखि २०१८ सम्म चलेको गृहयुद्धले दक्षिणी सुडानको १ करोड २० लाख नागरिकमध्ये करिब ४३ लाख मानिस आफ्नै देशबाट बिस्थापित हुन पुगेका थिए भने ४ लाख भन्दा बढिले ज्यान गुमाऊन पुगेका थिए।
  नेपालजस्तै भूपरिवेष्ठित रहेको यो देश लामो समयसम्म बेलायती उपनिवेशको रुपमा रहँदै आएको थियो। सन् २०११ मा त स्वतत्रता प्राप्ती गर्यो तर, स्वतन्त्रता प्राप्तिको आजका दिनसम्म पनि यस देशको राजनैतिक कचिंगल, भ्रष्टाचार र अराजकता ज्यूँका त्यूँ छ। आर्थिक एवं सामजिक बिकाशको मार्गलाई पहिल्याऊन दक्षिणी सुडानसंग पर्याप्त संसाधन छैन। स्तरीय सडक एवं बिजुलीको अभाव छ। करिब ६ लाख १९ हजार ७ सय ४५ बर्गकिलोमिटरमा फैलिएको यस देशमा मुश्किलले ३०० किलोमिटर मात्र पक्की सडक रहेको छ भने ९० प्रतिशतभन्दा बढि बस्तिमा बिजुलीको सुविधा छैन।
  देशमा निरक्षरताको स्थिति पनि भयावह रहेको छ। कूल आवादिको लगभग ६५ प्रतिशत नागरिक अशिक्षाको घेराभित्र रहेका छन भने नागरिकको ठूलै समूह आधारभूत स्वास्थ्य सेवाबाट पनि बन्चित रहिआएका छन। सन् २०१९ को संयुक्त राष्ट्रसंघ मानव बिकाश सूचांकमा १८६औं स्थानमा रहेको यस देशमा चरम खाद्य असुरक्षा, अकालमा मृत्यु, कुपोषणजस्ता समस्याहरु भयावह अवस्थामा रहेका छन।
स्वार्थको राजनीतिले दुबै देशमा शाषन गरेका मचर
  लामो समय गृहयुद्धमा फसेको सुडान अन्तत: २०११ मा दूईटुक्रा हुनपुग्यो। सुडानबाट अलग भई दक्षिणी सुडानको जन्म भयो। २०१३ मा क्याबिनेट मिटिङ्गले प्रमूख दलित जातिका तर्फबाट नेतृत्त्व गर्दै आएका उपराष्ट्रपति रिइक मचरलाई बर्खास्त गर्ने निर्णय गर्यो। उनको बर्खास्तीसंगै फेरि दक्षिणी सुडान जाती जातीबिचको गृहयुद्धमा औपचारिक रुपमैं होमियो।
  मचर तिनै बिद्रोही एवं जातीय राजनीतिको नेतृत्त्व गरेका नेता थिए जसले सुडानमा शासन गर्दै आईरहेका अन्य नेतृत्त्वलाई देखिसहदैनथे। १९९१ मा सुडान पिपुल्स लिवरेशन मूवमेन्टका नेता जोन गारङ्गबाट अलग भई चरम जातीय राजनीतिमा होमिएका मचरले १९९७ मा सुडानका अल-बसिर नेतृत्त्वको सरकारसंग आफूले चलाएको आन्दोलनलाई समर्थन एवं सहयोग गर्न अनुरोधसहित सम्झौता गर्न पुगेका थिए, जसले दक्षिणी सुडान स्वतन्त्रताको बिरोध पनि गर्दै आईरहेका थिए। अल- बसिर नेतृत्त्वको सरकारले दक्षिणी सुडानमा बर्बर हिंस्रात्मक आन्दोलनमा घुसपेठ एवं सहयोग गरिरहेको थियो, जुन बर्बरतापूर्ण आन्दोलनको नेतृत्त्व मचरले नै गरेका थिए।
  एकातर्फ दक्षिणी सुडान मा हिंस्रात्मक आन्दोलन चरम उत्कर्षमा पुग्दैथियो, अर्कातर्फ मचर सन् २००२ मा फेरि आफ्नै पुरानै पार्टिमा फर्किए बरिष्ठ नेताको रुपमा। सन् २००५ मा मचर फेरि सुडानको स्वायत्त सरकारमा उपराष्ट्रपति बन्न पुगे।
करिब ६ बर्षसम्म स्वायत्त सरकारमा उपराष्ट्रपति बनेका मचरको स्वार्थपूर्ण राजनैतिक दाऊ बढो बिचित्रको छ। २०१३ मा मचर स्वतन्त्र दक्षिणी सुडानका राष्ट्रपति साल्वा कीरसंग चुनावी मैदानमा होमिए। साल्वा कीरले दक्षिणी सुडानको सरकार कब्जाको लागि मचरले षड्यन्त्र गरेको आरोप लगाए। साल्वा कीर र मचर दुई अलग अलग मूख्य जातीका नेता थिए। उनीहरुले एकअर्कालाई देखिसहँदैनथे। ६० भन्दा धेरै जाती समूह भएको सुडानमा दिनका र नुएर गरेर प्रमूख दुई जातीहरुको बाहुल्य रहिआएको छ। मचर र कीरले यहिं दुई मूख्य जातीका नाममा राजनीति उछालिरहेका थिए, जसका कारण सुडानमा हिंस्रक गृहयुद्धसमेत भएको थियो।
किन पिछडियो सुडान?
  माथी भनिएझैं कुनै समय सुडान हात्तिको दाँत र तेलको कारण निकै चर्चामा पनि थियो। सुडानमा बिकाश नभएको पनि होईन, तर उक्त बिकाश उत्तरी सुडानमा मात्र सिमित भएको थियो। जसले गर्दा दक्षिणी सुडानका नागरिकमा चरम असन्तुष्टि एवं आक्रोश उत्पन्न भैरहेको थियो। दक्षिणी सुडानका नागरिकहरु देशमा समान बिकाश एवं लोकतन्त्रको लागि भन्दै आन्दोलनमा उत्रिन्थे, तर सरकारले सैन्यबलको माध्यम आन्दोलन दबाऊने गर्दथ्यो।
  सुडानमा पछिल्लो समय चल्दै आईरहेको बिरोध प्रदर्शनका माझ ३० बर्षदेखि सत्तामा कब्जा जमाऊंदै आईरहेका राष्ट्रपति उमर अल बशिरलाई सेनाले बर्खास्त गरेकै दिनदेखि सत्तामा सेनाले पकड बनाएको थियो। यता प्रदर्शनकारीले लोकतान्त्रिक सरकारको माग गर्दै आईरहेका थिए। यद्यपि प्रदर्शनकारीको प्रदर्शन भने अझै पनि जारी रहिआएको छ। सैन्य सरकारले प्रदर्शनकारीलाई बार्ताको लागि पनि आव्हान गरेको थियो। तर, यसैबिच ४ जना प्रदर्शनकारीको सेनाको गोली लागी मृत्यु भयो।
  बशीरको बहिर्गमनसंगै सुडानमा ३० बर्षे लामो इश्लामिक शाषनको पनि अन्त्य भएको थियो। कट्टरपन्थीहरुको दबदबा रहेको सुडानी सरकारले राजनीतिलाई धर्मबाट अलग गर्ने घोषणा गरेतापनि ब्यवहारमा भने सो तालमेल देखिंदैन। ईश्लाम धर्म छोड्नेलाई ढुंगाले हानी हानी मृत्युको सजायँ दिने ब्यवस्था रहेको देशमा राजनीतिबाट धर्म अलग हुनै सक्तैन।
  सन् १९८९ मा सैन्य शाषक उमर अल बशीरले सुडानी सत्ता कब्जा गरेपछि पुरै देश इश्लामीकरण भएको थियो। सुडान पूर्णरुपमा ईश्लामीकरण भएसंगै बंचेखुचेका अन्य धर्मावलम्वीलाई पनि ईश्लाम धर्म अपनाऊन बाध्य बनाईयो। ईश्लाम धर्म कबुल नगर्नेलाई कठोर मृत्युको सजायँ सुनाईन्थ्यो। यिनै शाषक बसीरलाई ऐले धेरै मुद्दाहरु लगाईएको छ जसमध्ये सबैभन्दा ठूलो मुद्दा संघर्षरत डर्फर क्षेत्रमा नावालकहरुको कत्लेआमको मुद्दा प्रमूख छ।
  अन्तर्राष्ट्रिय अपराधसम्बन्धि मुद्दा हेर्ने अदालतले बशीरलाई मानव नरसंहारको आरोप लगाएको छ। अदालतको उक्त आरोपपश्चात् बशीरलाई गतसाल सेनाले बर्खास्त गरेको थियो। बशीरको बर्खास्तीसंगै सुडानको शासन सेनाले आफ्नो हातमा लिएको हो।
  बशीरको ३० बर्षे शासनकालमा सुडानमा कयौं बिद्रोही संगठनहरुको जन्म भैसकेको थियो। ती संगठनहरु बशीरको इश्लामिक शासनका बिरुद्धमा मात्रै होईन, देशमा लोकतन्त्र बहालीको लागि पनि दिनहुँजसो हिंस्रात्मक आन्दोलन गरिरहन्थे। यसैकारण पनि सुडानलाई अफ्रिकी देधमध्ये धेरै नै हिंसाग्रस्त देशको रुपमा चिनिने गर्दथ्यो। ब्लुमवर्गको एक रिपोर्टअनुसार बशीरले सत्तामा कब्जा जमाएसंगै उनले सुडानमा सरिया कानून लागू गरेका थिए।
  सरिया कानुनअन्तर्गत खतना परम्परा साह्रै खतरनाक परम्परा हुने गर्दथ्यो। यस परम्पराअनुसार महिलाको शरिरको गोप्य भागको एक भाग काटिदिने गरिन्थ्यो। जसले गर्दा पनि धेरै बालिका एवं महिलाले ज्यान गुमाऊनु परेको थियो। सैन्य शासनपश्चात उक्त खतना परम्परालाई बन्द गरिएको छ र मुश्लिम समुदायलाई रक्सी खानबाट बन्चित गर्ने परम्पराको पनि अन्त्य गरिएको छ।
  एकातर्फ बशीरले आफ्नो शासनकालमा खतना परम्परालाई मान्यता दिएका थिए भने अर्कातर्फ उनले सुडानिज क्रिमिनल ल -१२६ अन्तर्गत धर्म परिवर्तन गर्नेलाई मृत्युदण्डको कानुनी ब्यवस्था गरेका थिए। यदि कुनै मुश्लिम धर्मावलम्बीले धर्म परिवर्तन गर्यो या गर्न चाह्यो भने उसलाई ढुंगाले हानी हानी मार्ने ब्यवस्था थियो। उनको यसप्रकारको कानूनले बालबच्चा, गर्भवती एवं बृद्धबृद्धामाथी पनि दया गरेन। ढुंगाले हान्दा हान्दै जबसम्म मान्छेको मृत्यु हुँदैन तबसम्म ढुंगा बर्षाऊनु नै पर्ने उर्दि जारी गरेका थिए।
नेपाललाई शिक्षा
कुनैपनि बाहानाको धार्मिक एवं जातीय राजनीतिले अन्तत: देश नै धरासायी हुँदै जान्छ भनेर बुझ्नको लागि सुडानको ईतिहास हेरे पुग्दछ। तुच्छित राजनैतिक दाऊपेच, सत्तास्वार्थ एवं चरम भ्रष्टाचारले देश कसरि गृहयुद्धको भूमरीमा फस्दोरहेछ त? राजनीति गर्ने दलले बिबेक नपुर्याऊँदा या नेतृत्त्वले सत्ता-स्वार्थको मात्र राजनीति गर्दा अन्तरिक एवं बाह्य कतिपय गलत तत्त्व र क्रियाकलापमा आवद्ध आपराधिक तत्त्वहरुसंग साँठगाँठ गर्ने गरेका छन। देशकै अस्तित्त्व दाऊमा लागाऊने गरि सत्ता राजनीतिको मोलमोलाई गरेका छन। यस्ता दृश्य त अझ ६२/६३ पछिको १५ बर्षको अन्तरालमा धेरै नै देख्न पुगियो। झण्डै झण्डै असफल राष्ट्रको डिलमा पुर्याईसकेका हाम्रा नेतृत्त्वगणको निर्णयक्षमतामा पनि चरम ह्रास आएको थियो। एकपछि अर्को भ्रष्टाचारको काण्डमात्र होईन, देशको मूख्य निर्णायककर्ता पनि बाह्य शक्ति हुनपुगेको थियो। जातीय एवं धार्मिक साम्प्रदायिकताले खलबल्याएको समाज अझै मत्थर हुन सकिराखेको छैन। समाज बिग्रहका खाटोहरु यद्यपि अझै पनि बेलाबखत चर्किरहन्छन। यता धार्मिक अतिवादले बिस्तारै जरा गाड्दै गईरहेको छ। समाज समाजमा निषेधको अवस्था छ। मिलेर बसेको समाज खलबल्याऊने अरु कोहि नभएर हाम्रै नेता हुन। तुच्छ राजनैतिक स्वार्थ बोकेर गरिने यस्ता खतरनाक धार्मिक एवं जातीय खेलले कुनैदिन नेपालले पनि सुडानको नियती भोग्नुनपर्ला भनेर भन्न सकिंदैन। नेतृत्वलाई बेलैमा सच्चिन निरन्तत खबरदारी गरैं।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६